१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार

अ+ अ-

राजविराज । प्रदेश २ अन्तर्गत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।

यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले सर्वसाधारण समेतका लागि उपचार गर्न थालिएको हो । सर्वसाधारणको उपचार निःशुल्क भइरहेको अस्पतालका प्रमुख प्रहरी नायव उपरिक्षक डा. सुरेन्द्र साहले जानकारी दिए ।

राजविराज नगरपालिका-३ निवासी जग्गादाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उद्घाटन गरेका थिए ।

अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचारसमेत यो अस्पतालले गर्न थालेपछि त्यहाँका जनता खुशी भएको स्थानीय नर्मदेव यादवको भनाइ छ । प्रत्येक दिन १२ देखि १५ सर्वसाधारणको उपचार थालिएको जानकारी दिँदै सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएको अस्पतालका प्रमुख डीएसपी डा. साहले बताए ।

पूर्व-पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा. साहले बताए । अस्पताल प्रमुख डा. साहले भने, ‘उपचार गराउन आउने सर्वसाधारणलाई न त पूर्जी नै कटाउनुपर्छ नत ल्याब जाँचकै शुल्क तिर्नुपर्छ, अस्पतालले ‘एक्सरे पनि निःशुल्क नै रहेको छ ।’

अस्पतालको आफ्नै ल्याब, डिजिटिल एक्सरे, भिडियो एक्सरे रहेको छ । डेन्टल विभाग छुट्टै रहने बताउँदै रगतको हरेक किसिमको जाँच यहाँ हुने गरेको उनको भनाइ छ । ‘दाँत उखाल्ने, सफा गर्ने ठूलो मेसिन यहाँ छ ।’ ‘दन्त चिकित्सकको दरबन्दी भइसकेको छ’, डा. साहले भने,’केही दिनभित्रै चिकित्सक आउनेछन् ।’ अस्पतालमा घाउ सफा गर्नेदेखि लिएर सानो शल्यक्रियासमेत गरिँदै आएको छ ।

अस्पतालमा एक जनरल फिजिसियन, एक विशेषज्ञ, दुई स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अहेब कार्यरत छन् । अस्पतालमा दश सुरक्षाकर्मीले काम गर्दै आएका छन् । यसबाहेक दुई जना दन्त विभागका टेक्निसियन पनि छन् ।

अस्पतालमा चार बेड आकस्मिक र दुई बेड प्रसूति गराउन राखिएको छ । अन्य १९ बेड जनरलका लागि छुट्याइएको छ । अस्पतालका प्रमुख डा. साहले प्रहरी अस्पतालको सेवा राम्रो बनाउने आफ्नो सोच रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस