बिराटनगर । कोरोना संक्रमणबाट बिराटनगर र धरानमा एक-एक जना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बिराटनगर महानगरपालिका-५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
कोरोना संक्रमणपछि घरमै बसिरहेका वृद्धलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेको अवस्थामा मृत्यु भएको पौडेलले जानकारी दिए ।
यसैगरी सुनसरीको धरान-१० घर भएका ३९ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।