सरकारले अपाङ्गता भएका २४० जनालाई वितरण गर्‍यो ह्विलचियर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारले अपाङ्गता भएका २४० जनालाई वितरण गर्‍यो ह्विलचियर


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २४० जना अपाङ्गता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्विलचियर वितरण गरेका हुन् ।

बुधवार काठमाडौँमा एक कार्यक्रमकाबीच वितरण गरिएको सो ह्विलचियर को बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्म रहेका छ ।

मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपाङ्गता भएका व्यक्तिहरूको जिम्मा राज्यले लिने बताए । उनले भौतिक पूर्वाधारसहितको अपाङ्गता मैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गरे ।

उनले भने,‘अपाङ्गता मैत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु, कोरोना भाइरसका कारण झनै सङ्कटमा परेका अपाङ्गता भएका व्यक्तिहरूको जिम्मा राज्यले लिन्छ ।’

‘अम होँङ गिल ह्युमन फाउन्डेशन’को सहयोगमा उपलब्ध सो ह्विलचियर काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि आवश्यकता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाले जानकारी दिए । त्यस अवसरमा मन्त्री गुरुङले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर उपलब्ध गराएको सो फाउन्डेशनप्रति आभार पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खाती, राष्ट्रिय अपाङ्ग महासङ्घ-नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपाङ्गताका क्षेत्रमा कार्यरत सङ्घ, संस्थाहरूको पनि उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस