२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ करोडको म्याद नाघेका खाद्य सामाग्री नयाँ स्टिकर राखी बिक्री वितरण गर्ने ७ पक्राउ

अ+ अ-

काठमाडौँ । ४ करोड बराबरको म्याद नाघेका खाद्यान्न सामाग्री नयाँ स्टिकर राखी बिक्री वितरण गर्ने ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य समस्तिपुर जिल्ला दलसिंह सराही ग्राम घर भई १३ बाफल बस्ने वर्ष ५२ को अनिल कुमार बन्का, दोलखा मेलुङ ६ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी बस्ने वर्ष २६ की रस्मिता श्रेष्ठ९मार्केटिङ०, कञ्चनपुर शुक्लाफाँट ५ घर भई बानेश्वर बस्ने २५ को आनन्द प्रसाद अवस्थि ९लेखापाल० ओखलढुङ्गा सिद्धिचरण १ घर भई माछा पोखरी बस्ने वर्ष ४४ को विनोद ओझा९स्टोर किपर०, र तीन जना कामदाहरु खोटाङ दिक्तेल २ घर भई हाल कलङ्की बस्ने वर्ष २१ को रामकुमार खत्री, बारा निजगढ सिंगोल घर भई हाल काठमाडौँ २२ नम्बर वडामा बस्ने २२ को सोनु तामाङ, र सर्लाही लक्ष्मीपुर घर भई हाल कलङ्की बस्ने वर्ष ३१ को मोहन महतो रहेका छन् ।

काठमाडौँ महानगरपालिका १४ कलकी स्थित प्रवीण कुमार बंकासमेतले सञ्चालन गरेको एएसटी कम्पनीमा म्याद गुज्रेका विभिन्न चकलेट, तेल, क्यामिकल पाउडर लगायतका खाद्यान्न सामाग्रीहरूमा कम्पनीका उत्पादनहरू समेतमा भएको स्टिकर मेटाई नयाँ बनाई बजारमा बिक्री वितरण गर्दै आएका सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो९सोमबार० दिउँसो १२ बजेको कम्पनीको गोदाममा जिल्ला प्रशासन कार्यालय काठमाडौँ ,महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएका टोलीले खानतलासी गर्दा म्याद सकिएका अवस्थाको चकलेट लगायत विभिन्न खाद्यान्न सामाग्रीहरू फेला पारेको थियो ।

टोलीले घटनास्थलमा रहेको ना ३ च १८०५ नम्बरको महेन्द्र बोलेरो गाडी,ना ४ च ८३८६ नम्बरको डि आई टाटा गाडी र घट्नामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

गोदामबाट दुई सय ७ प्रकारका विभिन्न खाद्य सामाग्रीहरू बरामद गरिएको छ ।

पछिल्लो केही समययता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलले बजार अनुगमन तथा कारबाहीलाई तीव्रता दिएको छ । यससँगै ठुलो परिणाममा जनश्वास्थयमा असर पर्ने खालका खाद्य सामाग्रीहरू बरामद हुनुका साथै सोही अनुसार कडा कारबाही र जरिवानासमेत गरिएको छ । जसमा प्रहरी र प्रशासनेसमेत साथ दिएका छन् ।

केही दिन अघि मात्रै कलंकीस्थित एक तीन तले घरमा गोदाम सञ्चालन गरी म्याद नाघेका सामाग्रीलाई नयाँ स्टिकर टाँसी बजार पठाउने ठूलो गिरोह पक्राउ परेको थियो ।

प्रतिक्रिया दिनुहोस