अभिनेता शाहिदले चलचित्र ‘जर्सी’ का लागि गरे ८ करोड पारिश्रमिक कटौती « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अभिनेता शाहिदले चलचित्र ‘जर्सी’ का लागि गरे ८ करोड पारिश्रमिक कटौती


एजेन्सी

१९ आश्विन २०७७, सोमबार


काठमाडौं । अभिनेता शाहिद कपूरले चलचित्र ‘जर्सी’ का लागि आठ करोड पारिश्रमिक कटौती गरेका छन् । शाहिदले निर्माताहरुमा पर्न जाने असर कम गर्न आफ्नो पारिश्रमिकमा कटौती गरेका हुन् ।

नवभारत टाइम्सका अनुसार शाहिदले ‘जर्सी’ दुई सर्तमा साइन गरेका थिए । जसमध्ये पहिलो, उनले यो चलचित्र ३३ करोड भारतीय रुपैयाँमा साइन गरेका थिए । भने दोस्रो भनेको चलचित्रको नाफामा शाहिदको पनि हिस्सा हुने । उनका यी दुई मागमा सहमत भएर निर्माण कम्पनीले चलचित्रको छायांकन पनि सुरु गरिसकेका थिए ।

तर कोरोना महामारीबीच चलचित्रको छायांकन पनि रोकियो । अन्ततः छायांकन पुनः सुरु भएसँगै निर्माताको पारिश्रमिक कम गर्न गरिएको अनुरोधलाई स्वीकार्दै शाहिदले ८ करोड पारिश्रमिक कटौतीका लागि तयार भएका हुन् । ३३ करोडमा चलचित्र साइन गरे पनि अब शाहिदले ‘जर्सी’ बाट २५ करोड मात्रै पारिश्रमिक पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस