सकेसम्म काठमाडौँ नआउनुस् : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सकेसम्म काठमाडौँ नआउनुस् : स्वास्थ्य मन्त्रालय


प्रशासन संवाददाता

१७ आश्विन २०७७, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर रहेका नागरीकलाई सकेसम्म काठमाडौँ  नआउन आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको हो ।

शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थिए । काठमाडौँमा कोरोना भाइरस तिव्र रुपमा फैलिने क्रममा देखिएकाले अत्यावश्यक बाहेकका काममा उपत्यका नआउन र आउनु परे स्वास्थ्य सावधानी पुर्ण रुपमा अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेका छन् ।

उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस