पोथी गैँडा मृत फेला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोथी गैँडा मृत फेला


१७ आश्विन २०७७, शनिबार


भरतपुर । नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अन्दाजी ३० वर्षको पोथी गैँडा दिउँसो १२ः३० बजे फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । गैँडा बाढीले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । हिजो मात्रै निकुञ्जअन्तर्गत नवलपुरको लामीचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा एउटा गैँडा मृत फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मात्र विभिन्न कारणले पाँच वटा गैँडा मरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस