प्रधानमन्त्री ओली द्वारा कोरोना सङ्क्रमित ट्रम्पको स्वास्थ्य लाभको कामना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली द्वारा कोरोना सङ्क्रमित ट्रम्पको स्वास्थ्य लाभको कामना


प्रशासन संवाददाता

१७ आश्विन २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

ट्रम्पले शुक्रवार ट्विटरमार्फत आफू र पत्नीलाई मेलानीयालाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

उनलाई आज अस्पताल भर्ना गरिएको छ । अस्पताल भर्ना हुनु अघि ट्रम्पले भिडियोमार्फत आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस