अक्टोबर १५ बाट महाराष्ट्रमा हल नखुल्ने भएपछि सर्‍यो अक्षयको ‘सूर्यवंशी’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अक्टोबर १५ बाट महाराष्ट्रमा हल नखुल्ने भएपछि सर्‍यो अक्षयको ‘सूर्यवंशी’


१६ आश्विन २०७७, शुक्रबार


एजेन्सी । भारतको केन्द्रीय सरकारले अक्टोबर १५ तारिखबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दिएपनि महाराष्ट्र सरकारले भने अक्टोबर १५ बाट हल खोल्ने अनुमति दिएको छैन ।

भारतका अन्य राज्यमा अक्टोबर १५ बाट चलचित्रहरू रिलिज भएपनि बलिउडको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्रमा भने हल नखुल्ने भएपछि ठूलो बजेटका बलिउड चलचित्र रिलिज हुने सम्भावना पनि टरेको छ ।

भारतीय मिडियाका अनुसार, नायक अक्षय कुमार र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’लाई तिहारमा रिलिज गर्ने योजना गरिएकोमा महाराष्ट्र सरकारले अनलक–५ मा पनि हल खोल्ने अनुमति नदिएपछि यो चलचित्रको तिहारमा तोकिएको प्रदर्शन मिति पछि सारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस