९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन् : अध्यक्ष यादव

अ+ अ-

लहान । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन् ।

पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै अध्यक्ष यादवले तत्काल संविधानमा भएका त्रुटि संशोधन गरी प्राप्त उपलब्धि संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मुुलुकका पुराना शक्ति काँग्रेस र कम्युनिष्ट असफल भइसकेको विचार व्यक्त गर्दै उनले मधेशमा भएका शक्तिलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर वैैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको उनको भनाइ थियो ।

अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेको पनि बताए । भेलामा पार्टीका नेता तथा प्रदेश नं २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विन्देश्वर यादव, नेत्रविक्रम साह तथा अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।

यसअघि आजै अध्यक्ष यादवले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही पुगेर दिवङ्गत पूर्वसांसद हरिप्रसाद रायलाई श्रद्धाञ्जलि दिए । विसं २०४८ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित राय मधेश आन्दोलनका क्रममा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भई मधेश आन्दोलनमा होमिएका थिए । रायको गत आइतबार उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस