बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
संक्रमित पुरुषको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।