२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्य सचिव वैरागीद्वारा पदभार ग्रहण, जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । मुख्य सचिव शंकर दाश वैरागीले बिहीबार(आज) पदभार ग्रहण गरेका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे लगत्तै मुख्य सचिव वैरागीले सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ३० वर्षको अनुभव र ज्ञानलाई परिणाममुखी नतिजा ल्याउनेतर्फ लगाउने बताए । मुख्य सचिव वैरागीले परामर्श, समन्वय, सहयोग र सहकार्यलाई सशक्त ढंगबाट व्यवहारमा उतार्न सके राष्ट्रिय विकासको लक्ष प्राप्त गर्न सक्ने बताए । विभिन्न क्षेत्रको अनुभवलाई साटासाट गर्दै एक अर्कामा समन्वयात्मक ढङ्गले अघि बढ्न सके समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान साकार बनाउन सक्ने उनको भनाई थियो ।

पदभार ग्रहणपछि सचिवहरुसँगको पहिलो बैठकमा मुख्य सचिव वैरागीले क्रस कटिङ इस्यूजहरुमा निर्णय गर्दा खेरी हुनसक्ने जटिलताहरूलाई चिर्न सक्यौँ भनेदेखि धेरै हदसम्म कामले गति लिन सक्ने पनि बताए ।

पदभार ग्रहण गर्नुअघि वैरागीलाई प्रधानमन्त्री कार्यालयका सचिव तथा निमित्त मुख्य सचिव महेन्द्र प्रसाद गुरागाई, सचिव यादव कोइराला, अर्का सचिव केदार न्यौपाने, कानूनसचिव धनराज ज्ञवालीलगायत नेपाल सरकारका विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत सचिवसहित उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।

सोही कार्यक्रममा निवर्तमान मुख्य सचिव लोक दर्शन रेग्मीलाईपनि बिदाइ गरिएको थियो ।

लोक दर्शन रेग्मीले बेलायतको राजदूत खान मुख्य सचिवबाट राजीनामा बुझाएसँगै परराष्ट्र सचिव वैरागीलाई बिहीबार बिहान १० बजे बसेको मन्त्रीपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस