परीक्षा नियन्त्रकलाई कोरोना देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परीक्षा नियन्त्रकलाई कोरोना देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल


प्रशासन संवाददाता

१५ आश्विन २०७७, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना सङ्क्रमण देखिएपछि त्रि वि परीक्षा कार्यालय सिल गरिएको छ ।

परीक्षा नियन्त्रक जोशीमा कोरोना पुष्टि भएपछि परीक्षा नियन्त्रण कार्यालयले आइतबारसम्मको लागि सबै काम बन्द गरेको हो ।

कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन्।

आईओएमकी डिन दिव्या सिंहलाई कोरोना पोजेटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारीले पीसीआर परीक्षण गराएका थिए। तर अन्यमा भने कोरोना देखिएको छैन।

प्रतिक्रिया दिनुहोस