२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल हेरचाह कक्षलाई किर्डाक नेपालद्धारा सामाग्री सहयोग

अ+ अ-

डोल्पा । डोल्पा जिल्ला अस्पतालमा बाल हेरचाह कक्ष निर्माण हुने भएको छ ।

सामाजिक सेवा सप्ताहको अवसरमा कर्णाली एकिकृत ग्रामीण अनुसन्धान केन्द्र (किर्डाक नेपाल) ले जिल्ला अस्पतालमा बाल हेरचाह कक्षका लागि सामाग्री हस्तान्तरण गरेको हो ।

बच्चा भएका आमाहरू अस्पतालमा उपचार गराउन आउँदा बच्चाले दुख दिने र बच्चाहरू अस्पतालमा धेरै समय बस्न नरुचाउने देखिएपछि बाल हेरचाह कक्ष निर्माणको लागि बालमैत्री कक्ष निर्माण गर्न किर्डाक नेपालले सामाग्रीहरू सहयोग गरेको किर्डाक नेपालका कार्यकारी सदस्य अर्जुन हिराचनले जानकारी दिए ।

हिराचनका अनुसार बाल हेरचाह कक्षमा बालबालिकाहरू खेल्दै निदाउन सक्ने,आरामदायी रूपमा सुरक्षित हिसाबले खेलुन् र अस्पताल बसाइको समयमा आमाहरूले पनि केही हद सम्मको सुखको अनुभूति गरुन् भन्ने हेतुले कार्पेट,एलईडि टिभी,म्याट्रीस,पानी उमाल्ने जग,थर्मस सहित बालबालिकाहरूका लागि खेल्ने खेलौना गरी १३ प्रकारका सामाग्री किर्डाक नेपालले जिल्ला अस्पताल डोल्पामा हस्तान्तरण गरेको बताए ।

युनिसेफको करिब ७० हजार बराबर आर्थिक सहयोगमा बाल हेरचाह कक्षको सामाग्री पाएपछि स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजनल रावलले खुसी हुँदै भने हामीले निजी क्षेत्रबाट पाएको सबैभन्दा ठुलो सहयोग हो । यसले उपचार गर्न आउने बच्चा भएका आमाहरूले बच्चाले दिने दुखबाट छुटकारा पाउने र स्तनपान कक्षकै रूपमा यो कक्षलाई राखिने छ । डाक्टर रावलका अनुसार हामीले निकै राम्रो कक्षका लागि सामाग्री पाएका छौ सही सदुपयोग हुनेछ किर्डाक नेपाल प्रति आभारी छौ भन्दै धन्यवाद ज्ञापन गरे ।

सामाजिक सेवा सप्ताहमा पाएको बाल हेरचाह कक्षको सामाग्री तत्काल कक्ष निर्माण गरी प्रयोगमा ल्याउने र यसले बिरामी मात्रै नभएर बच्चा भएका स्टाफले समेत फाइदा लिनेमा विश्वस्त रहेको डाक्टर रावलले जानकारी दिए । उनले भने हामी यसको भरपुर उपयोग गर्नेछौ यो अत्यन्तै महत्त्वपूर्ण कक्षका लागि आएको सामाग्री हो अब बालबालिकाहरू रामाउदै बस्नेछन् आमाले सुखको अनुभूति गर्नेछन् ।

भौतिक संरचना थोरै भएपनि बाल हेरचाह कक्षको लागि व्यवस्थापन गरेको अस्पतालले जनाएको छ । किर्डाक नेपालले डोल्पामा स्वास्थ्य क्षेत्रमा गरेको सबैभन्दा ठुलो सहयोग हो जसबाट सबैभन्दा धेरैले फाइदा लिने अनुमान गरिएको छ । उपचार गर्न आएका आमाहरूका बच्चाहरूले दुख नदिउन् र ढुक्कसाथ उपचार गरी घर फर्किन पाउन भनेर बाल हेरचाह कक्षको लागि सामाग्री हस्तान्तरण गरेको किर्डाक नेपालका कार्यकारी सदस्य अर्जुन हिराचनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस