बागमती प्रदेश सरकारद्वारा २६ इन्जिनियर माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेश सरकारद्वारा २६ इन्जिनियर माग


प्रशासन संवाददाता

१४ आश्विन २०७७, बुधबार


काठमाडौँ । बागमती प्रदेश सरकारले एकै पटक २६ जना इन्जिनियरको माग गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज एक सूचना जारी गर्दै विकास निर्माण कार्यका लागि आवश्यक इन्जिनियर माग गरेको हो ।

प्रदेशमा सञ्चालन हुने विभिन्न विकास निर्माण आयोजनाका लागि हाइवे समूह तर्फ १८ जना र वि.एण्ड आर समूहतर्फ ८ जना माग गरिएको छ ।

सूचनामा योग्यता पुगेका उम्मेद्वारहरुलाई १५ दिनभित्र आवेदन गर्न भनिएको छ ।

सातौँ तहको इन्जिनियर र आर्किटेक्ट पदमा आवेदन दिन सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस