१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरानै भाडादरमा जिप सञ्चालन गर्न जिल्ला प्रशासनको निर्देशन

अ+ अ-

डोल्पा । डोल्पामा हाल सञ्चालनमा रहेका जिपहरू पुरानै भाडादरमा चलाउन जिल्ला प्रशासन कार्यालय डोल्पाले निर्देशन दिएको छ ।

यातायात व्यवसायी,जिल्ला प्रशासन र सरोकारवालाको बैठकले मंगलबारदेखी पुरानै भाडादर लागु गरी जिप सञ्चालन गर्न व्यवसायीलाइ निर्देशन दिँदै निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

प्रजिअ सुनारका अनुसार तत्काल पुरानै भाडादरमा गाडीको क्षमता अनुसार यात्रु बोक्नुपर्ने,न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गरी सुरक्षित यात्रा गराउनु पर्ने,राता नम्बर प्लेट भएको सबै जिपहरूलाई दुई महिना भित्र कालो प्लेट बनाइ अस्थायी रुट प्रमिटका लागि पहल गर्ने यी सबै कुराको लागु नभएको खण्डमा जिप सञ्चालनमा रोक लगाउने निर्णय भएको बताए ।

डोल्पामा रुपगाडको काठे पुल भाँचिएपछि गाडी व्यवसायीले पल्टी गर्नुपर्ने र जिल्ला प्रशासनले ५ सिटका जिपमा ३ र ९ सिटमा ५ जना मात्रै बोक्न लगाएको भन्दै महँगो भाडा उठाएर यात्रु बोकी रहेका छन् ।

पहिला दुनै जुफाल ३ सय र दुनै सूपानि ३ सय पचास रुपैयाँमा यात्रु बोकेका जिप व्यवसायीले बिचमा आफ्नो सोईच्छा भाडा उठाएका थिए । आज सम्म जति भाडा उठाए पनि मंगलबारबाट पुरानै भाडादरमा यात्रु बोक्न जिल्ला प्रशासनले सबै यातायात व्यवसायीलाइ निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दाबी गरे ।

दुनै सदरमुकाम आउने ठुलीभेरी नगरपालिका ७ अन्तर्गत पर्ने रुपगाड खोलाको पुल भाँचिएपछि हाल दुनै आउन र जान दुई वटा जिप परिवर्तन गरी कष्टकर यात्रा गर्नु परि रहेको छ । उक्त पुल पनि मर्मतको अन्तिम तयारीमा रहेकोले एक सातामा सहजता आउने जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

हाल दुनै जुफाल ३ हजार देखी ४ हजार सम्म रिजब र सोही रुपैयाँ बराबरको भाडा यात्रुबाट उठाउने गरेको स्थानीयको गुनासो रहेको छ । तर जिप व्यवसायीहरुले भने पल्टी गर्नुपर्ने र यात्रु कम बोक्न पाउने बनाएपछि भाडा महँगो भएको दाबी गरी रहेका छन् ।

मंगलबारबाट भने पुरानै भाडादर र यात्रु क्षमता अनुसार बोक्न पाउने भएका छन् । जिल्ला भित्रको करिब एक सय किलोमिटर सडकमा जिपहरू चलि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस