माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी « प्रशासन
prasaLogo
११ आश्विन २०७७, आईतवार

माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी


प्रकाशित मिति : 27 September, 2020 8:37 pm

काठमाडौं । दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन् ।

बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने रु दुई अर्ब २२ करोड भने प्रवर्द्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।

आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन् । कम्पनीले ८।५ मेगावाट क्षेमताको नौगडगाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो ।

यस्तै कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो । दुवै आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरिरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक रु २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस