आईपीएल : चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको सुखद सुरुवात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आईपीएल : चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको सुखद सुरुवात


एजेन्सी

७ आश्विन २०७७, बुधबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच भएको खेलमा राजस्थानले उत्कृष्ट प्रदर्शन गर्दै चेन्नाईलाई १६ रनले पछि पार्न सफल भएको छ ।

मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित भएको हो ।

सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ ।

पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहोर्‍यो ।

राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनायो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । उनले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै शेन वाट्सनले ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस