३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न सकिन्छ : मन्त्री भुसाल

अ+ अ-

इलाम । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताएका छन् ।

वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने र माग घट्ने मन्त्री भुसालको भनाइ छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा चियाको व्यापार चिन्ह (ट्रेडमार्क) विभिन्न चिया उद्योगलाई हस्तान्तरण गर्दै मन्त्री भुसालले व्यापार चिन्ह हुँदा मात्र बाहिरी मुलुकसँग प्रतिष्पर्धा गर्न र गुणस्तर कायम गर्न सहज हुने बताए ।

उनले मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानका लागि कृषि क्षेत्र मुख्य रहेको जानकारी दिए । ‘हामीले समृद्धिको दिशामा फड्को मार्नका लागि कृषि मुख्य क्षेत्र हो’ मन्त्री भुसालले भने,’अबको तीन वर्षमा कृषिमा भएको दलाल पूँजीवादलाई समाप्त पार्छौैं ।’ उनले चिया उद्योग टिकाउनका लागि आर्थिक सहुलियत दिने बारेमा छलफल भइरहेको जानकारी गराए ।

उनले अब राज्यले व्यक्तिगत रूपमा दिइने अनुदानका कार्यक्रमलाई रोकेर सामूहिक र संस्थागत अनुदानलाई प्राथमिकता दिइने बताए ।

सो अवसरमा ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नामक चियाको लोगो इलाम र झापाका १२ वटा उद्योगलाई हस्तान्तरण गरिएको थियो । यस्तै गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओएएचआइएस टी स्टेटले ट्रेडमार्क पाएका छन् ।

जस्बिरे टी स्टेट, हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटलगायतका चिया प्रशोधन उद्योगलाई लोगो हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस