२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड १९ का बिरामी सकिएपछि खाली भयो धौलागिरि अस्पताल

अ+ अ-

बागलुङ । गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन् ।

चैतको १५ गते बागलुङ नगरपालिका–४ कि १९ वर्षीया युवतीलाई आइसोलेसनमा राखेर अस्पतालले कोभिड–१९ को पहिलो उपचार चालेको थियो । उनी वैशाख १२ गते निको भएर घर फर्किएपछि जेठसम्म अस्पतालमा बिरामी आएनन् । जेठको पहिलो साताबाट निरन्तर कोभिड–१९ का बिरामीलाई आसोलेसनमा राखेर उपचार गर्दै आएको अस्पताल मङ्गलबारदेखि खाली भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको यो अस्पतालमा हालसम्म १७४ जनाले उपचार गराएका छन् ।

गौतमका अनुसार अस्पतालले सातमहिने बच्चादेखि ६५ वर्षीय वृद्ध सम्मलाई आइसोलेसनमा राखेर उपचार गरेको थियो । अस्पतालमा उपचार गराउनेमा पाँच स्वास्थ्यकर्मी, तीन जनप्रतिनिधि र तीनजना सुत्केरीसमेत छन् । २५ महिला सङ्क्रमितको उपचार भएको अस्पतालमा १४९ जना पुरुषले कोभिड–१९ को उपचार गराए ।

‘अहिले स्थानीय तहहरुमा पनि अस्थायी कोभिड–१९ अस्पताल बनेका छन्, त्यसैले बिरामीहरु आउनुभएको छैन, पहिले रहनुभएका सबै निको भइसक्नुभयो’, गौतमले भने, ‘अब नियमित सेवा सञ्चालनमा सहज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस