नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै


प्रशासन संवाददाता

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । नेकपाको सचिवालय बैठक प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटरमा बस्‍ने भएको छ ।

अस्ति (आइतबार) बाट सुरु भएको नेकपा सचिवालय बैठक पहिलो दिन पेरिसडाँडामा बसेको थियो । अर्को बैठक हिजो (सोमबार) पनि पेरिसडाँडामै बस्‍ने निर्णय भएपनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

आजको बैठक बालुवाटारमा १२:३० बजे बस्‍ने तयारी रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको नेकपा स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस