१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेप्चा सङ्ग्रहालयको प्रवद्र्धनका लागि उद्यान निर्माण

अ+ अ-

इलाम । लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि सूर्योदय नगरपालिका (सूनपा) ले उद्यान बनाउन थालेको छ ।

सूनपाले लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो ।

सूर्योदय-१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो । तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत रु एक करोड ८० लाख रहेको छ । गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो ।

‘उद्यान निर्माण गर्दा बिहान–बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम शुरु गरिएको हो’, सूनपाका प्रवक्ता वीरबहादुर लेप्चाले भने, ‘नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन् ।’ प्रवक्ता लेप्चाका अनुसार उद्यानको निर्माण गएको साउनदेखि शुरु गरिएको हो ।

अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ । उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने लेप्चाको भनाइ छ ।

ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ । ‘यहाँ गुम्बा छ भन्ने यहीँका बासिन्दालाई थाहा छैन’, अध्यक्ष लेप्चाले भने, ‘उद्यान बनेपछि यो समस्या हट्छ भन्ने लागेको छ ।’ उद्यानको अधिकांश क्षेत्रमा फूलबारी बनाउने नगरको योजना छ भने अन्य क्षेत्रमा ‘जिम’ हल र घुमघाम गर्ने क्षेत्र रहने छ ।

सङग्रहालयमा पुरातात्विक महत्वका सामग्री रहेको र ती सामग्रीको प्रवद्र्धन गर्न नगरले उद्यान निर्माण थालेको नगरप्रमुख रणबहादुर राईको भनाइ छ । संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि नगरले नयाँ कार्य शुरु गरेको उनको भनाइ छ । सूनपामा मात्र दुई हजार ३०० हाराहारीमा लेप्चा समुदायको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस