१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ मा पाश्र्वचित्र सार्वजानिक

अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेश पाश्र्वचित्र सार्वजनिक गरिएको छ । प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुको विभिन्न स्रोतबाट प्रकाशित तथ्याङ्कलाई सो पुस्तकभित्र समावेश गरिएको छ ।

यसैगरी प्रदेशको आधारभूत सूचनाको एकीकृत वस्तुस्थिति विवरण तयार पार्नु, नेपालको विभिन्न सूचकको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्नु र प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक आधारभूत सूचना उपलब्ध गराउनु पुस्तकको ध्येय रहेको छ ।

मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको उपलक्ष्यमा प्रदेश सरकार र प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘प्रदेश पाश्र्वचित्र तथा वार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०७७/७८’ नामक पुस्तक सार्वजनिक गर्दै प्रदेश सरकार जनताले चाहेको विकास र समृद्धि पस्कन सक्षम रहेको बताए ।

प्रदेश निर्माण भएको अवधिदेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशातर्फ अगाडि बढेको तथ्याङ्कले प्रस्ट पारेको उनले जानकारी दिए । उनले पाश्र्वचित्रले प्रदेश सरकारले आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माण गर्न तथा विकास र समृद्धिको सूची तयार गर्न सही मार्गदर्शन प्राप्त भएको विचार व्यक्त गरे । मुख्यमन्त्री राईले केही दिन भित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका उपलब्धि जनतासमक्ष सार्वजनिक गर्ने जानकारी दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले यथार्थताको धरातलमा उभिएर पाश्र्वचित्र तयार गर्न आयोगका सम्पूर्ण कर्मचारीको योगदान रहेको चर्चा गरे ।

आयोगका सदस्य पूर्ण लोक्सोमले पाश्र्वचित्रका बारेमा जानकारी दिँदै सोचमा नवीनता र कार्यमा जिम्मेवारिता बहन गर्न पाश्र्वचित्र महत्वपूर्ण हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस