२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनवर्गीय संगठनका नेताहरूसँग कमल थापाले भने : ‘राप्रपा उठ्छ, उठाउँछौँ’

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रूपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरूसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सबल, समुन्नत र स्वाधीन बनाउन सक्ने दाबी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए ।

राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रूपमा भरोसायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीहरूलाई विश्वास दिलाए । पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताए ।

गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वाभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए ।मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना सङ्कट, पार्टी एकता र भावी कार्य योजना बारे पछिल्लो समय प्रविधिको सदुपयोग गर्दै निरन्तर बैठक गरिरहेका छन् ।

जनवर्गीय सङ्गठनका नेताहरूले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी सांगठानिक गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरूको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस