१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई समुदायबीच झडप हुँदा मलंगवामा तनाव, कर्फ्यू आदेश जारी

अ+ अ-

जनकपुरधाम । प्रदेश नम्बर २ स्थित सर्लाहीमा मुस्लिम र हिन्दु समुदायबीच झडप हुँदा तनाव उत्पन्न भएको छ।

विश्वकर्मा पुजापछि मूर्ती सेलाउने विषयमा दुई समुदायबीच झडप हुँदा तनाव उत्पन्न भएपछि कर्फ्यू आदेश समेत जारी गरिएको छ ।

शुक्रबार रातिदेखि उत्पन्न भएको तनाव साम्य नभएपछि प्रशासनले शनिबार साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

विश्वकर्मा चोकमा पूजा गरिएको मूर्ती स्थानीय युवाहरु घुमाउन जाँदा दुई समुदायबीच झडप भएको थियो। झडप भएपछि दुबै पक्षबीच ढुङ्गामुढा भएको थियो।

ढुङ्गामुढाले लागेर दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन्। दुई समुदायका मानिस भेला भएर वादविवाद गर्न थालेपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए।

दुई समुदायबीच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई साम्य पारेको थियो। शनिबार बिहानदेखि अवस्था फेरि तनाव पूर्ण बनेपछि प्रशासनले कर्फ्यू लगाएको छ।

मूर्ति अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस