महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या आएपछि मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनका स्वकीय सचिव तिवारीका अनुसार कोइरालाको शुक्रबार (हिजो) गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ । स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो ।

एक हप्तापछि फेरि पिसिआर परीक्षण गरिने छ । कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस