कांग्रेस सभापति देउवा परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कांग्रेस सभापति देउवा परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि


प्रशासन संवाददाता

२ आश्विन २०७७, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो।

बिहीबार स्वाब संकलन गरी पीसिआर परीक्षण गर्दा आज बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ डा. आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।

दुई जना सहयोगीलाई ज्वरो देखिएपछि केही दिन अगाडि पीसीआर परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएपछि परिवारका सबै सदस्य स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस