१ हजार ४५९ जनामा कोरोना संक्रमण, १०६२ जना डिस्चार्ज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

१ हजार ४५९ जनामा कोरोना संक्रमण, १०६२ जना डिस्चार्ज


प्रशासन संवाददाता

३० भाद्र २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । हालसम्म ५६ हजार ७८८ संक्रमितको संख्या पुगेको जनाए ।

२४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस