रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने


एजेन्सी

२९ भाद्र २०७७, सोमबार


वासिङ्टन । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ ।

अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दाबी गरेका छन् ।

स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ ।

भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।

बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो ।

अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो । उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए ।

अध्ययनको नेतृत्वकर्ता डा एन्टोनिओले भने, “भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ ।” उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस