१० लाख पाउन्ड जितेर पहिलो मिलिनियर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१० लाख पाउन्ड जितेर पहिलो मिलिनियर


एजेन्सी

२९ भाद्र २०७७, सोमबार


एजेन्सी । अन्तर्राष्ट्रिय टीभी रियालिटी सो ‘हु वान्ट्स टु बी अ मिलिनियर ? ’ को १४ वर्षको इतिहासमा डोनाल्ड फियर पहिलोपटक १० लाख पाउन्ड विजेता बनेका छन्।

डोनाल्डलाई अन्तिम प्रश्न सन् १७१८ मा भएको ब्याटल अफ द कोस्टमा मारिने समुद्री डाँकु को थिए ? सोधिएको थिया । इतिहास र राजनीतिका अध्यापक रहेका उनले जवाफमा ‘ब्ल्याक बियर्ड’को नाम बताएपछि विजेता घोषित भए।

उनले १५औं प्रश्नमा ‘फिफ्टी फिफ्टी लाइफ लाइन प्रयोग गरेका थिए। ५७ वर्षीय डोनाल्डले पुरस्कारको रकम परिवार र आफ्नो ‘रिटायर्ड’ जीवनलाई सहज बनाउन खर्च गर्ने बताएका छन्।

यस्तै, ‘हु वान्ट्स टु बी अ मिलिनियर ? ’ कार्यक्रममै गत सेप्टेम्बरमा डोनाल्डका दाजु ड्याभिथले पाँच लाख पाउन्ड जितेका थिए।

उता अमिताभ बच्चनको रियालिटी सो ‘कौन बनेगा करोडपति’को १२औं संस्करणको कार्यक्रम सोमबारदेखि छायांकन सुरु भएको छ। यसपटक यो कार्यक्रम बिनादर्शक छायांकन भइरहेको छ। एजेन्सी

 

Tags :
प्रतिक्रिया दिनुहोस