करेन्ट लागेर दुई सैनिकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

करेन्ट लागेर दुई सैनिकको मृत्यु


२७ भाद्र २०७७, शनिबार


चितवन । कार्यालय कम्पाउन्डभित्र रहेका रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा शनिवार चितवनमा दुई जना सैनिकको ज्यान गएको छ ।

कालिका नगरपालिका–८ शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत सुबेदार राजुबाबु श्रेष्ठ र सिपाही राजन कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान ११ बजेतिर रुखको हाँगा काट्दा बिजुलीको नाङ्गो तारले हाँगालाई छोएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार सुबेदार राजुबाबु श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

त्यसै गरी सिपाही राजन कुमालको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा पौने १२ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस