२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार अदालतबाट निर्दोष ठहर

अ+ अ-

काठमाडौँ । एक हजार रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका कलङ्की मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीलाई विशेष अदालतले आरोपबाट सफाइ दिएको छ । अभियोग प्रमाणित हुन नसकेर सफाइ पाएको फैसला सुन्न नपाउँदै मुद्दा चलेर धरौटीमा छुटेको एक सातापछि उनले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।

गत साउनमा कलङ्की मालपोतबाट ल्याइएको सिसिटिभी फुटेजको रेकर्डका क्रममा सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार रुपैयाँ लिएको दृश्य देखिएको भन्दै अख्तियारले खरिदार सुवेदीलाई आयोगमा बोलाएको थियो । सिसिटिभी फुटेज विश्लेषण गर्दा कृष्णप्रसाद घिमिरेबाट १ हजार घुस लिएको भन्दै उनलाई अख्तियारमा हाजिर हुन बोलाएको थियो।

बयानकै क्रममा साउन २२ गते हिरासतमा लिएको अख्तियारले ४० थुनेर ४१औँ दिनमा मुद्दा चलायो । मुद्दा दायर भएको रातसमेत अख्तियारमै बिताएर उनी भदौ ३१ गते धरौटीमा रिहा भए ।

छुटेको एक सातापछि सुवेदीले २०७६ असोज ६ गते भक्तपुरस्थित आफ्नै घरमा आत्महत्या गरे । पुस र फागुनमा दुई पटक सुनुवाइ गरेपछि विशेष अदालतले गत असार ३० गते घिमिरेलाई सफाइ दियो । फैसलाको पूर्ण पाठ भने सार्वजनिक भइसकेको छैन । विशेष अदालतका सदस्यहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले आरोप पुष्टि हुन नसक्ने भन्दै सफाइ दिएको हो ।

सुवेदीले घुस लिएको भनिएको रकम बरामद नभएको तथा घुस दिने भनिएका व्यक्ति उक्त कार्यालयका सेवाग्राही भए÷नभएकोबारे अख्तियारले अभियोगमा केही उल्लेख गर्न नसकेको फैसलामा उल्लेख छ।

पछिल्ला केही घटनाक्रमहरूलाई केलाउँदा अख्तियारका अपरेसन र कामकारबाहीमाथि जनस्तरबाटै प्रश्न उठ्न थालेको छ । स–साना रकमका तल्लो तहका कर्मचारीहरूलाई थुन्ने तथा कारबाही चलाउने र ठुला भ्रष्टाचारका मुद्धाहरु तामेली राख्दै चोख्याउने गरेको आरोप अख्तियारमाथि छ । विगत केही वर्षयताका घटनाक्रमहरूले पनि यही देखाउँछ । त्यसो त निरोधात्मकतर्फ के गर्‍यो त भन्ने प्रश्न अर्को जवर्जस्तरुपमा खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस