२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म राष्ट्रसेवक

अ+ अ-

राष्ट्रको निमित्त काम गर्ने
कसम खाएको छु मैले
जनताको लागि काम गर्ने
शपथ खाएको छु मैले

मेरो देश र जनता
मेरा ईश्वर हुन्
मैले मेरा ईश्वर खुसी पार्न
गर्नु छ काम
पानी होस् या घाम
र पुरा गर्नु छ सपना
“समृद्ध नेपाल सुखी नेपाली” को

भ्रष्टाचार र अनियमितताको
बिसाउनु छ भारी
बढाउनु छ आफैँ भित्र
अनुशासन र इमानदारी
फुलाउनु छ समृद्धिको
फूल चारैतिर
र बनाउनु छ
नेपाललाई
एउटा सुन्दर फूलबारी
जहाँ झल्किनेछ
विविधता भित्र एकता
एकता भित्र सहिष्णुता ।।

मैले बलभद्र, भक्ति
र अम्बरसिंह भई
गर्नु छ मुलुकको रक्षा
सिमानाको सुरक्षा
वैद्य, डाक्टर र नर्स बनी
बचाउनु छ जनताको जीवन
बनाउनु छ सबैलाई स्वस्थ
पारदर्शी, इमानदार र नैतिकवान् भई
गर्नु छ आर्थिक व्यवहार
स्वतन्त्र, निष्पक्ष र कर्तव्यनिष्ठ भई
चलाउनु छ प्रशासन संयन्त्र
पुर्‍याउनु छ जनतामा
सेवा र सुरक्षा

संविधान र कानुनलाई धर्मग्रन्थ मानेर
इमानदारिता, नैतिकता र सदाचारिता लाई
सबै थोक ठानेर
सम्पादन गर्नु छ

मेरा हरेक कर्महरू
पुग्‍नुछ जनताका
बस्ती र घरहरूमा
सुन्नु छ उनीहरूका दुःख र गुनासा
गर्नु छ सम्बोधनको यथेष्ट पहल
र फर्किनु छ
उनीहरूको चाहराइरहेको घाउहरूमा
मल्हम पट्टी लगाएर
र फर्किनु छ
उनीहरूको झरिरहेको
दुःखका आँशुहरुलाई
हर्षमा परिणत गरेर
म हुँ राष्ट्रसेवक
निजामती कर्मचारी ।

प्रतिक्रिया दिनुहोस