२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना नियन्त्रणको प्रयास अनि सङ्क्रमण : एक संघर्ष र अनुभूति

अ+ अ-

सन् २०१९ अन्त्यतिर चीनको वुहान सहरबाट कोरोना भाइरस फैलिएको समाचार बिबिसीबाट जानकारी भयो । सार्स भन्दा नयाँ अनि खतरा भाइरस रूपमा देखिएकोले यसलाई नोवल कोरोना भाइरस नामकरण गरियो । छिमेकी देशमा फैलिएको यो भाइरस नेपालमा जोखिम बढ्नेमा डब्लुएचओले बारम्बार सजग गराएको अखबारहरूमा पढियो । चीनमा एकाएक फैलिएपछि त्यसपछि छिमेकी देश भारतमा सङ्क्रमण फैलियो ।

नेपालमा झन् दुवै छिमेकीमा फैलिएको त्रास भारततर्फ खुल्ला सिमाना कारण सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गयो । विदेशीबाट आएको एउटा व्यक्तिमा कोरोना पुष्टि भएपछि सरकारलाई लकडाउन गर्ने विषय प्राथमिकताको सूचीमा राखी छलफल हुन थाल्यो । २०७६ साल चैत्र ८ र ९ गते तिर गृह मन्त्रालयमा हामी समकक्षी र उच्च पदाधिकारीहरूलाई पनि लकडाउन गर्न राय व्यक्त गर्‍यौ । त्यसमा कसैको विमति थिएन । अन्ततः नेपाल सरकारले मिति २०७६ साल चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गर्‍यो ।

साबिकजसो दैनिकी बदलियो, मन्त्रालयमा कामको आधारमा उपस्थिति हुने गरी कामकाज गर्ने निर्देशन अनुसार घरमा अनकलमा बसियो । घरमा बस्दा अध्ययन, समाचार अपडेट र त्रासपूर्ण दैनिकीमा समय बित्ने गर्थ्यो । बाहिर जान खुब डर लाग्थ्यो । मेरो १० वर्षे छोरा सानोमा बोर्ङ्किल आस्थमा भएको हुँदा सङ्क्रमित हुन्छ कि भन्ने चिन्ताले सबैजसो पिरोलीरहन्थ्यो । बिचमा किनमेलको लागि धेरै गारो भएको थियो । भाइहरूलाई तरकारी किन्न नजाउ, सङ्क्रमण हुन्छ, यदि जाँदा मास्क र ग्लोभ्स लगाएर जाँउ भन्ने गर्थे। छतमासमेत निस्कन लाग्दा गाली गरि रहन्थे, उनीहरू मेरो सजगता देखेर पनि आश्चर्य चकित पर्थे ।

चैत्र २५ गते बिहान करीब ११ बजेतिर विभूषण सुशोभन स्थगित सूचना निकाल्नु पर्‍यो भनेर मनत्रालयवाट फोन आएपछि सवारी चालक नजिक नबस्ने र सङ्क्रमण हुने डरले भाइले गाडी चलाएर हामी मन्त्रालय पुग्यौँ । काठमाडौँ सहर बाटो छिटपुट गाडी चलिरहेको पारिजात फुल मनमोहक पेटी र सुनसान अद्धितिय परिदृश्य मौका मिल्यो । बैठक सकेपछि काठमाडौँ सन्नाटा छाएको सडकमा मैले गाडी चलाएर घर पुग्यौँ । त्यो बिचमा अदृश्य भाइरसले हामी सबलाई तह लगाएर एक्लै सहरमा सयर गरिरहेको अनुभूति भयो । अर्कोतिर प्रकृति अत्यधिक दोहन गरेपछि प्रकृतिले आफ्नो स्वच्छ स्वरूप पुन प्राप्ति गर्दैछ जस्तो महसुस भयो भने विश्वभर स्वास्थ्य पद्धति राम्रा भएका र शक्तिराष्ट्र कोरोना भाइरस सामु घुडा टेकेर आत्मसमर्पण गरिरहेको अवस्थामा मान्छेहरू दिन प्रतिदिन मृत्युको खबरले फेरी एकचोटी माल्थसको जनसङ्ख्या सम्बन्धी सिद्धान्तको मान्यताको पूष्टी हुदैछ भन्ने लाग्यो ।

बाहिरबाट घर फर्किएपछि सबै लुगा फुकालेर जतिसुकै बेला नुहाएर र किनेर ल्याएको समान सेनिटाईज गरेर मात्र पुन प्रयोग ल्याउने गर्थे । उच्च सावधानीका साथ कोभिड-१९ वाट बच्न कुनै कसर नराखी दैनिक व्यवस्थित गरिएको थियो । मन्त्रालयमा एक जना समकक्षीले मेरो सजगता, सतर्कता र सावधानीपूर्ण शैली देखेर सबैको अगाडी अपरेसन थिएटरवाट आएको भन्न समेत भ्याए ।

मन्त्रालयको कामकाजमा जाँदा पनि त्यसैगरी सजगता र सतर्कता अपनाउँदै अभावको बिचमा मास्क र सेनिटाईजर साथीभाइसँग अनुरोध गरी जोहो गरेर सङ्कलन गरी प्रयोगमा ल्याए ।

२०७७ साल ज्येष्ठ ११ गते दिन करिब ४ बजेतिर गृह मन्त्रालयले जुम्लाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको पाएँ । यो बिचमा जिल्लामा कोभिड महामारीका बेला जिल्लाभन्दा केन्द्रमा रहेर काम गर्ने की जिल्लामा गएर फ्रन्ट लाइन गएर सेवा गर्ने अन्तरद्वन्द्व मनमा चलिरहेको थियो । अन्ततः राष्ट्रसेवक कर्मचारी भएपछि राज्यले खटाएको बखत जस्तोसुकै परिस्थितिमा काम गर्ने आँट, साहस र तत्परताले व्यावसायिक निष्ठाको सिद्ध गर्छ भन्ने निष्कर्षमा पुगे ।

गृह जिल्लाको प्रमुख प्रशासकको जिम्मेवारीले यस विषम परिस्थितिमा मातृभूमि सेवा गर्नु अवसरको रूपमा ग्रहण गरे । मन्त्रालयको निर्णयलाई सिरोपर गर्दै आफूलाई तयार पारे। तर मेरो जिम्मेवारी पाएकोमा दु:ख मनाउ गर्नेहरू केही व्यक्तिहरूले ढाल बनाएर सामाजिक सञ्जालमा कुतर्क र पूर्वाग्रहको हतकण्ठा मचाउदै थिए । गृह जिल्ला मेरो रुचिभन्दा विषम परिस्थितिमा गृह मन्त्रालयको आदेश परिपालनामा मात्र थियो । कसैलाई पानीविना बालुवामा छटपटाएको माछा जस्तै तड्पिएको पाए । मिति २०७७ साल १६ गते गृह मन्त्रालयबाट रमाना बुझी १८ गते जुम्ला प्रस्थानको योजना बनाए ।

बिहान करिब ४ बजेतिर हिँड्ने योजना बनाएपछि २ दिनको यात्रा बाटो खाना बस्ने ठाउँ उपलब्ध नहुने भएपछि रोटी बनाउन या पराठा बनाउने चक्करतिर लागियो । लकडाउनले कक्षा ६ र ७ तिर हामीले पढेको पाक शिक्षा यति वेला स्मरण गर्दै लकडाउनको अवधिमा विभिन्न परिकार बनाउने र समय बिताउने बहाना बनेको थियो। भाइहरूले सिक्दै बनाउँदै गरी निकै समयपछि बाटोको लागि खाना मिल्ने गरी ५-७ वटा पराठा तयार गरियो । अन्य सामानहरू अव लामो बसाइँको तयार साथ प्याकिङ गरियो । मनमा कुरा खेलिरह्यो, आफ्नो जन्मस्थानतिर यात्रामा पनि युद्धको मैदानतिर होमिन लागेको अनुभूति हुँदै थियो भने एकातिर २ वर्षदेखि भेटघाट नभएका बुवा आमा र परिवारसितको मिलनलाई पनि मनमा खेलाउँदै मिश्रित अनुभूति साथ प्याकिङ सकियो । कुनै ठाउँलाई छोड्दा मलाई त्यो माटो, वरिपरि वातावरणको माया र घनिष्ठताले धेरै सताउने गर्छ, मलाई सोही प्रवृत्ति यो चोटि दोहोरियो। घडी हेर्दा रातीको करिब ११ बजी सकेको थियो । निद्रा नभए पनि बिहानै ४ बजे हिँड्नु पर्ने योजनाले सुत्न दबाब सिर्जना भयो ।

१८ गते बिहान ३:३० बजे निद्रा खुल्यो । करिब ४ बजेतिर बुढानीलकण्ठबाट हामी अगाडी बढ्यौ । कोराना कहरले काठमाडौँ सहरमा सन्नाटा छाएकै थियो । बिहानको मिर्मिरे खाली खाली सडकमा यात्रा अगाडी बढ्यो । थानकोट प्रहरी चेकपोस्ट पुगेपछि प्रहरीले हाम्रो गाडी रोक्यो । मैले मन्त्रालयको पास देखाए तर उनीलाई विश्वास लागेन, सवारी पास नं. जारी भएको पास खोजे । सवारी चालक जितेन्द्रले देखाएपछि गाडी अगाडी जाने अनुमति दिए। एकाबिहान प्रहरीले आफ्नो तोकिएको जिम्मेवारीप्रति निकै संवेदनशील रूपमा निर्वाह गरेको मलाई महसुस भयो । हामी सबै सार्वजनिक जिम्मेवारी र ओहदामा बस्नेले यसरी नै जिम्मेवारी पुरा गरी जिउ धनको सुरक्षा लाग्नु पर्ने अनुभूति र महसुस भई उत्प्रेरित भाव सिर्जना भयो ।

यात्रा अगाडी बढ्यो । सवारी चालक जितेन्द्रले बिचमा अनुरोध गरे “सर चितवनमा दाजु भाउजू हुनुहुन्छ खाना बनाउन भनूँ “

हुन्छ भनूँ -सङ्क्रमण डर छ अनि जितेन्द्र भन्छन् दाजु भाउजूसँग भेट पनि हुने भनी अनुरोध गरेपछि मैले नि सहमति जनाए ।

यात्रामा निस्कँदा सधैँ चहलपहल हुने मलेखु र कुरिनटार यो बेला खण्डहर उजाडिएको बस्ती जहाँ ठुलो विपत्ति परे जस्तो देखियो । कता कता नरमाइलो अनुभूति भयो । मेरो देशको यस्तो हाल बनाइदिएछ यो पापी भाइरसले । आउनुस् आउनुस् हजुर “ल मलेखु माछा हजुर“ भन्ने होटेल दाइको बोलावटको आवाज यो चोटि सुन्न पाइएन। कुरिनटारवाट अलिकति अगाडी बढेपछि भीषण वर्षा र कुहिरोले मलाई भित्रवाट लाग्यो जुन जिम्मेवारी निर्वाह गर्न जाँदै छु, त्यति सहज छैन । जसरी भीषण पानी र कुहिरोले हाम्रो यात्रा असहज र कठिन छ । मेरो छोरा सुतिरहेको मान्छे ब्यूझिई मलाई समात्न पुग्यो । मेघ गर्जनले उसको निद्रा हराम गरिदिएको थियो । केही पर गएपछि गाडी रोकियो । केही घण्टा दुई ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको रहेछ । १ घण्टाको जाम पछि हाम्रो यात्रा निरन्तर बढ्यो ।

करीब १२ बजेतिर चितवनमा पुगियो । सानो छोरा र आफूलाई सङ्क्रमण हुने डरले खाना खानेकि नखाने दोधार उत्पन्न भयो । बहाना स्वरूप खाना तयार नभए तिमि भेटेर आउँ छिटो जानुपर्छ, सुर्खेत पुग्नुपर्छ । अफिसमा १९ गते हाजिर हुनु पर्ने रमाना छ भने । म र मेरो छोरा गाडीबाट ओर्लेनौ।

खाना पाकिसकेको छ भनेर बोलाएपछि मनभरी डर बोकी उसका आफन्त घरमा पुग्यौ। एक छिनमा चिनजानपछि खाना अनुरोध भयो । मिठो एवं स्वादिष्ट खाना मेरो छोरालेपनि आफ्नै घर जस्तै निसंकोच खायो । सायद उ निकै भोकाएको थियो । खाना खाएर पुन यात्रा चितवनबाट यात्रा अगाडी बढ्यो । मेरो मनमा त्यो आथित्यता र सत्कारले नेपाली समाजको सामाजिक पुँजीको रूपमा रहेको “अतिथि देव भव” संस्कार यस विषम परिस्थितिमा पनि आफ्नो सङ्क्रमणको जोखिमलाई बेवास्ता गरी हामीलाई गरेको सत्कारले मेरा पुर्खाले यस्तो हार्दिकपूर्ण संस्कार निर्माण गरेको गर्व अनुभूति भयो।

यात्रा अगाडी बढ्दै थियो ।  बिचबिचमा शुभचिन्तकहरूले गृह जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका पाउनु भएको भनी फोनको टावर भएको बेला शुभकामना आईरहन्थे । सँगै गृह जिल्ला भएको नाताले परिचितहरूले लकडाउनका कारण औषधीहरू अभाव हुदा एक जनाले बधाई पश्चात् डाईविटजको सिरिन्ज ल्याइदिनु पर्‍यो, सकिएर गाह्रो भएको छ भन्नुभयो । मलाई लाग्यो, बन्दाबन्दीले सबैभन्दा बढी दिर्घरोगीलाई प्रभाव पार्दो रहेछ । जिल्लामा आफ्नो भूमिका सम्हालेपछि विशेषरुपमा विरामीको लागि सहजीकरण गरी सेवा पुर्‍याउनु पर्ने महसुस भयो । बुटवल बजार झरेर हेर्दा सबै बजार बन्दै थिए । औषधी पसल मात्र खुला थिए। पश्चिम त्यस्तो चहल पहल हुने बजार शून्य थियो बजारमा निस्केका मानिसहरूमा एक किसिमको त्रास देखिन्थ्यो । २-४ वटा पसल चाहरेपछि एउटा पसलमा औषधि किनेर यात्रा पुन अगाडी बढ्यो । त्यो सिरिन्जको गुणस्तर कायम गर्न फ्रिजमा राखेको पानी सहित औषधी प्याकिङ गरेपछि औषधी पसललेको व्यावसायिकता प्रतिको सजगताले मन छोयो ।

करीब १५ घण्टाको लामो पट्यारलाग्दो यात्रापछि सुर्खेत पुगियो । कता बस्ने, होटेलहरू सबै बन्द छन् । अप्ठ्यारो अवस्थामा काम लाग्ने आफन्त हुँदा रहेछन् । भिनाजुलाई फोन गरे । वहाँले कता पुग्नुभयो भन्नुभयो । मैले सुर्खेत पुगियो भने पछि घरमा आउनुस् भनेर हार्दिकसाथ कर गर्नुभयो । तर हामीसँग एक रात बासको विकल्प पनि त थिएन । वहाँको घरमा पुगियो । धेरै समयपछिको भेटघाटले दिदी भाइ कुराकानी भयो । भान्जा भान्जी सँग भेटघाटले दिनभरि लामो यात्राको थकाई मेटियो । मेरो छोरा र भान्जा एकछिन भेटघाटपछि उनीहरूको मोबाइल र आईप्याडमा गेमको कुरा गर्दै पूर्व चिनजान झैँ नजिक भएर खेल्न थाले । हामीलाइ पनि घरायसी सुख दु:ख कुरामा शेयर गर्ने मौका प्राप्त भयो । पुन: भोलि बिहान यात्रा गर्नुपर्ने भएपछि दिदीले मिठो खाना मलाई र आफ्नो भतिजोलाई असाध्य मायाले खुवाउनु भयो ।

आफ्नो दादासँग मोबाइलमा गेम खेल्न पाएकोमा निकै सन्तुष्टि थियो । सदाझैँ खानालाई कर गर्नुपर्ने उ मस्तले खाएको पाएँ । दिदीले भोलि खाना के गर्छौ भनेर चिन्ता लिनुभयो । म भोलि बिहानै उठेर ५ बजे रोटी बनाउँछु भन्नुभयो । दिदी दु:ख नगर्नु ड्राई फुड बोकेका छौ खाउँला भनेको मान्नु भएन । सामाजिक संस्थाको रूपमा रहेको नाता (किनसिप) महत्त्व त छदैछ तर विषम परिस्थितिमा विनासंकोच सङ्क्रमणले देशैभरि त्राहिमाम् भई सबै मानिस आक्रान्त भएको बेला वहाँले देखाउनु भएको प्रेम, माया र ममताको सदैव ऋणी भएको छु। हाम्रो पारिवारिक नाता अझै बलियो र प्रगाढ हुँदै जावोस सुख दु:खमा साथ दिन सकोस् र पाउन सकियोस् ।

बिहान करीब ५ बजे झिसमिसे उज्यालोसँग बाहिर राति भरीको वर्षा विहानपख कुहिरोले भुईँ छोड्दै थियो । गाडीलाई भिजिबिलिटीको समस्या हुँदै थियो । बिस्तारै सुर्खेत उपत्यका छोडेर कपासे हुँदै अगाडी बढियो । डुङ्गेश्वर पुग्नै लाग्दा मोबाइल डाटा खोली हेर्दा जुम्लामा भारतबाट आएका ५ जना कोरोना पुष्टि भन्ने एक जनाको फेसबुक स्टाटसमा आँखा पुग्यो। एक छिनमा कोरोना सङ्क्रमण बिरामी पुष्टि भएको जिल्लामा संकट व्यवस्थापन चुनौतीको संकेत कार्यक्षेत्रमा नपुग्दै महसुस भयो । दैलेख हुँदै कालिकोटसम्म आई पुग्दा मेरो छोरालाई पट्यार लागेपछि बिचबिचमा ठाउँ सोधेर मलाई हैरान पार्दै थियो।

साँच्चै कर्णाली राजमार्गको निकै सकस र चुनौतीपूर्ण छ भन्ने कुरा सबै जानकार भई सकेका छन् । घरबाट फोन आयो । राकम पुगेपछि बुवाले कति बेला आई पुग्छौ भन्दा राकम भन्दा वहाँले जुम्ला पुग्ने समय अन्दाज गर्नुभयो । करीब ३:३० बजे जुम्ला जिल्ला सिमाना नाग्म पुगियो । जुम्ला जिल्ला प्रवेश पछि २ वर्षपछि भेट नभएका आमाबुवा र करीब ७ वर्ष देखि भाइटिका लगाउन नपाएका दिदी बहिनीसँग भेट हुने अपेक्षाले मेरो मन हर्षित भएको थियो।

हाल तातोपानी गाउँपालिका लाम्रा जिल्लास्थित सुरक्षाकर्मी प्रमुख डिसपीद्धय लालबहादुर धामी र गगन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीले बिच बाटोमै स्वागत गर्नुभयो । उक्त न्यानो स्वागतको मालाले जिल्ला प्रमुखको जिम्मेवारी मेरो काँधमा थपिएको महसुस भयो । चन्दननाथ नगरपालिका प्रवेशपछि बुवाको स्वागतको फूल मालाले कुल सन्तान इज्जतको लागि थप ऐतिहासिक काम गर्नुपर्ने दायित्व वोध गरायो। बुवासहित सदरमुकाम जुम्ला बजारतिर लागियो ।

ज्येष्ठ १९ गते करीब ४ बजे तिर कार्यालय पुगे। गृह जिल्लाको स्थानीय धर्तिपुत्र प्रमुख जिल्ला अधिकारीको भूमिकामा देख्दा स्थानीयवासीमा खुसी छाई स्वागत गर्ने क्रममा जारी रह्यो । जिल्लावासीको स्वागतमा जिल्लावासीका अपेक्षा चुलिएको अनुभूति भईरहयो । जिल्ला बाहिरबाट आएपछि सङ्क्रमण हुने आशङ्का हुने भएकोले पिसिआर पछि काम सुरु गर्ने निधो गरियो ।

नेतृत्वदायी व्यक्तिवाद स्वास्थ्य पोर्टकल पालना गर्दा जनतामा सकारात्मक सन्देश फैलिने मूल्य मान्यता साथ निर्णय गरे । औपचारिक रूपमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र काम सुचारु गरे । जिल्लावासीले देखाउनुभएको माया, सद्भाव र सदिच्छा एवं अपेक्षा समेतले कोभिड-१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गरी जिल्लावासीको जीवन बचाउनको लागि कुनै पनि कसर बाँकी नराखी अग्रमोर्चामा रहेर अगाडी बढ्ने उत्प्रेरणा एवं सकारात्मक ऊर्जा मिल्यो।

जिल्लाको प्रमुख प्रशासकले निष्पक्षता कायममा जनतालाई न्याय दिलाउने र स्थानीय प्रशासकले जनमुखी सेवा प्रवाह , शान्ति सुव्यवस्था कायम गर्दै सुशासन अनुभूति दिलाउनु मेरा अगाडी चुनौती रूपमा रहे । जुम्लामा लकडाउन कार्यान्वयन नभएको, मान्छे भिडभाड भएको जनगुनासो विपद् व्यवस्थापन समितिमा उठेका राय समेतलाई विचार गरी मिति २०७७ साल जेठ २० गते राति १२ बजेवाट लागु हुने गरि निषेधाज्ञा जारी गर्नु पर्‍यो । निषेधाज्ञा एउटा स्वस्थ प्रशासनको कदम मानिन्थेन तथापि जिल्लावासी कोरोना थप फैलावट नहोस् भनी गरिएको आपत्कालीन एवं अप्रिय कदम थियो । स्थानीय प्रशासक भएको नाताले जनताको जिउ धनको रक्षा गर्न थप गुरुत्वर दायित्व ममा स्वाभाविक रूपमा थपिँदै थियो । हाजिर नभएको चौबिस घण्टा नबित्दै सङ्क्रमितलाई क्वारेनटाइन अलग गरी आइसोलेसन स्थानान्तरण केही विलम्बले आमसञ्चार जगत् पनि सलबलाए । कार्यालय कर्णाली स्वास्थ्य विज्ञान बारम्बार समन्वय र ताकेता पश्चात् पछि व्यवस्थापन गरियो ।

गृह मन्त्रालयले सुम्पिएको गहन जिम्मेवारीलाई कुशलता निर्वाह गर्न गृह जिल्लामा सेवा गर्ने अवसरलाई कुनै पनि हालतमा खेर फाल्नु हुँदैन भन्ने हेतुले राज्यलाई सङ्कट परेको बेला सच्चा राष्ट्रसेवक भूमिका सिद्ध गर्न काँधमा जिम्मेवारी , मस्तिष्क समझदारी र हृदयमा ईमान्दारी बोकी अहोरात्र खट्नु अहिलेको आवश्यकता हो भन्ने अठोट गरी अगाडी बढ्ने निधो गरियो । सरोकारवाला सँग समन्वय र सहजीकरण बैठक राखी कोभिड-१९ रोकथाम न्यूनीकरण तथा नियन्त्रण नै मूल एजेन्डा बनाइ परिचालित हुन निर्देशित गरी आफू कोभिड महामारीको मोर्चामा आफ्नो जीवनको प्रवाह नगरी अगाडी बढ्न आफूलाई स्वयम उत्प्रेरित गरियो, जसको मुख्य आधार जिल्लावासीको म प्रति आशा अपेक्षा र हौसला नै थियो ।

सोही सिलसिलामा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका पदाधिकारी सहित ८ वटै गाउँपालिका र जिल्लास्थित स्थापना गरिएका एकीकृत क्वारेनटाइन अनुगमन र त्यहाँ रहेका व्यक्तिहरू अन्तर्क्रिया अगाडी बढाइयो । साथै जिल्ला कोभिड-१९ को सङ्कट व्यवस्थापन गर्न सरोकारवालासँग कार्य योजना तथा छलफल गरी जिल्लालाई ग्रीन कसरी बनाउन सकिन्छ ध्येयका साथ अगाडि बढियो। जसले क्वारेनटाइन भएका असहजता र गुनासो सुनी गाउँपालिकाका जनप्रतिनिधिहरू न्यूनतम मापदण्ड पुरा गर्न पृष्ठपोषण दिने काम गरियो । जसबाट क्वारेन्टाईनमा बसेका व्यक्तिहरूलाई पक्कै राहत मिल्यो ।

यस बिचमा जिल्लाभर पोजेटिभ केश देखिन थालेपछि जुम्ला बजार कडा लकडाउन र निषेधाज्ञाका कडा सुरक्षा रणनीतिहरू लागु गरी मानिस आवतजावत निस्तेज पार्न हदैसम्म कोसिस गरियो । मास्क नलगाउने विरुद्ध कारबाही गर्नु पूर्व मास्क वितरण तथा सचेतना र्‍याली समेत गरियो । ती सम्पूर्ण घनिभूत प्रयासको बाबजुद सबै मानिसहरू निसंक्रमित भएर क्वारेन्टाईनवाट घर गए। जिल्लामा त्यति बेला करीब ६९ जना सङ्क्रमित पनि निको भई घर गएपछि हामीलाई स्वास्थ्य मन्त्रालयले जुम्ला जिल्ला ग्रीन जिल्लाको रूपमा सूचीमा राख्यो ।

कोभिड-१९ रोकथाम नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान पनि गरियो । आमसञ्चार माध्यमले जुम्ला जिल्ला कोरोनामुक्त भनेपछि केही आलोचना पनि भयो। हामीले ग्रीन जोनमा उक्लिएको कुरा जानकारी गराएका थियौ।

हामीलाई अझै जुम्ला जिल्ला कसरी कोरोना मुक्त गर्न सकिन्छ भन्ने चुनौती सत्तिसाल झैँ उभियो। डिसिसिएमसी बैठकमा वृहत् छलफल भयो । स्वास्थ्यकर्मीको राय सल्लाह बमोजिम अव जुम्ला बजार लगायत जिल्ला भरिका अत्यधिक विन्दुहरू पहिचान गरी नमुना परीक्षण गर्ने निर्णय भएबमोजिम सबै गाउँपालिकासँग समन्वय गर्दै स्वाब सङ्कलन गर्ने हिमागाँउपालिकाका एकै दिन ५९ जना कोरोना पोजेटिभ देखिएपछि तत्काल डिसिसिएमसी बैठक बसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै पालिका यही दरले सङ्क्रमित देखिएको खण्डमा लक्षणयुक्त सङ्क्रमित बिरामी राख्ने आइसोलेसन वार्ड अभाव हुने देखिएपछि प्रत्येक पालिकाले ५० बेडको लक्षणविहीन सङ्क्रमित बिरामी राख्ने आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरियो ।

सबै सङ्क्रमित बिरामीले हिमागाँउपालिका आइसोलेसन कक्षमा बस्न नमानेपछि डिसिसिएमसीको पदाधिकारी सहितको टोली करीब ३ बजे तिर हिमागाँउपालिकाको आइसोलेसन कक्ष अनुगमन तथा विवाद व्यवस्थापनको लागि परिचालित भयौ । करीब ५ बजे तिर १८ जना रहेको जोगीवाडा आइसोलेसनमा सबै पदाधिकारीहरू मास्क पन्जा र फेस शिल्ड समेत लगाएर सबै सङ्क्रमित बिरामीलाई सान्त्वना दिँदै हिमा गाउँपालिकाको कालिकामावि रहेका सङ्क्रमितहरूलाई सान्त्वना दिन करीब ७ बजे तिर २ घण्टा उकालो चढेर करीव ९:३० बजे सम्म सङ्क्रमित व्यक्तिहरूसँग छलफल अन्तर्क्रिया गरियो । १ घण्टा उरालो हिँडाई पश्चात् राजमार्ग पुगियो ।

जुम्ला सदरमुकाम तर्फ २ घण्टाको गाडीको यात्रा निवासमा करीब १२ बजे पुगियो । तिज व्रतमा निहार बसेकी श्रीमती खप्की सहनु पर्‍यो । राष्ट्र सेवाको कुरा प्राथमिकतामा राख्नु भनेको सार्वजनिक पदमा बसेका पदाधिकारी कर्तव्य हो भनेर सम्झाए मेरो पेसा व्यवसायमा र जिम्मेवारी कुशलता साथ निर्वाह गर्न उत्प्रेरित गर्नु नै तिम्रो व्रत उद्देश्य भयो भने मात्र मेरो जिम्मेवारी सही सफल हुन्छ भने पश्चात् उनलाई पनि चित्त बुझ्यो ।

स्वाब सङ्कलन र परीक्षण क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले देखाएको सक्रियताले जिल्ला ग्रीन जोनमा उक्लिन सफल भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै कोरोना परीक्षण गर्ने दोस्रो स्थानको अस्पतालको रूपमा रहेको छ । अर्को दिन डिसीसीएमसी पदाधिकारी सिजागाँउपालिका र कनका सुन्दरी गाउँपालिकामा अनुगमनमा गइयो । दुवै गाउँपालिका आइसोलेसन कक्ष निर्माण मापदण्ड अन्तरक्रिया स्थानीय विवाद समाधान गरी करीब ११ बजे तिर निवासमा आई पुगे। अरू गाउँपालिका हिमागाँउपालिका जस्तो सङ्क्रमित कम देखिएपछि त्यति चापा परेन । चन्दननाथ नगरपालिका १-२ केश देखिन थालेपछि सेवाग्राही बढी भिडभाड हुने कार्यालय कर्मचारी परीक्षण गर्ने क्रममा एकै दिन ३९ जना विभिन्न पेसा व्यवसाय गरी बजार बसोबास गरिरहेका व्यक्तिमा कोरोना सङ्क्रमण देखियो । तत्काल कनट्याक्ट ट्रेसिङ्ग र परीक्षणको केही दिन नगरपालिका क्षेत्र निषेधाज्ञा जारी गर्ने लगायत एजेन्डा १७ गते बिहान ८ बजे डिसीसीएमसी बैठक बोलाइयो । बैठक चलिरहेको बिचमा कर्णाली स्वास्थ्य विज्ञान अस्पताल निर्देशक मंगल रावलले बैठकका पदाधिकारी पिसिर गर्नुपर्छ कि भनेर अनुरोध गर्नु मैले पनि हामी धेरै अग्र पङ्क्तिमा हिँड्ने व्यक्ति परीक्षण गर्नु आवश्यक छ भने वहाँले तत्काल टोली बोलाई म लगायत २६ जना स्वाब लिने काम गरियो ।

१८ गते बिहान ९ :३० बजे तिर अफिस पुगे सदाझैँ । मन्त्रालयबाट आएका पत्र-परिपत्र, प्रणाली हेरे । विभिन्न जिल्लाका बुलेटिनहरू मात्र क्यूमा रहेछन् । यस महिनामा गर्नुपर्ने काम सूची पल्टाए । किन किन त्यो दिन मन आत्तिएको छ जस्तो अनुभूति भैईरहेको थियो । १ बजेबाट निषेधाज्ञा सुरु हुने सूचना निकाल्न स्टाफहरूलाई भने तर साबिक जस्तो छिटो काम गरे जस्तो लाग्दैन । बारम्बार ताकेता गरिरहे । त्यत्तिकै मोबाइलमा रिँग बज्यो सर नमस्कार “यहाँ बत्ती छैन ट्याब्लेट फोहर छ “ गुनासो टिपाए पछि ल म नगरपालिकाको व्यवस्थापन टोलीलाई भनिहाल्छु र पछि हामी पनि के छ समस्या बुझ्न आउँछौ भने ।

त्यतिकै डिसिसिमसी पदाधिकारी , अस्पताल निर्देशक डा. मङ्गल रावल र सुरक्षा निकायका प्रमुखहरूलाई ४:३० बजे अनुगमनमा जाने विषयमा खबर गरे । निषेधाज्ञाको सूचना आयो हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय जुम्लाको फेसबुकमा पोस्ट गरे । सप्रजिअलाई बोलाए भित्रबाट । भोलिबाट स्टाफलाई केही दिन नबोलाउन भने । काम पर्दा बोलाउने गरी सबैलाई जानकारी गराउनुहोस् । जताततै सङ्क्रमण व्यापक फैलिएको छ भने । घडी हेर्दा ४ बजे थियो । खाजा खान गए । त्यति बेला नगरपालिकाका कर्मचारी आई सक्नु भएको थियो । खाजा खाइसकेपछि अफिसमा आए । डा. मङ्गल रावललाइ फोन गरे । रिपोर्ट आई सकेको रहेछ । वहाँले सहायक सरलाई अनुगमन पठाँउ हजुर ननिस्किनु पर्ला भन्नु भयो ।

जहाँ हुनुहुन्छ त्यही बसौँ हजुर भन्नुभयो । म छाँगाबाट खसे जस्तै भए । मनमा एक किसिमको शून्यताको भाव अनुभूति भयो । एक किसिमको चिट्चिटाहपन भयो । आफूलाई सम्हाले । अनि काठमाण्डौवाट जुम्ला जन्मथलो कार्यक्षेत्रलाई यात्रा निस्किदा भारी मन भएको पलको सम्झना भयो “म एक रणभूमिमा जाँदै छु“ भावको अनुभूति । त्यतिकैमा हवलदार सा’व सप्रजिअलाई बोलाउनुस् भने । पहिलो बोलावटमा आउनु भएन । फेरी बोलाए -सायद वहाँले सङ्क्रमण भएको कुरा कसरी जानकारी दिने हो भन्ने अप्ठ्यारो मानेर रहेछ । पछि आउनु भयो । अनुगमन आएका सबैलाई पठाई दिए भन्नुभयो । हामी दुवै छिन कुराकानी पछि सन्नाटा छायो । एक छिनपछी डिएसपी लाल बहादुर धामी आउनुभयो । हामी स्तब्ध भएको देखेर आश्चर्य चकित ! के भयो तपाईँहरू निराशा देखिनु भयो त सर भन्नु भयो ।

म सङ्क्रमित भएको जानकारी सप्रजिअले जानकारी गराउनु भयो । सल्लाहकोलागि डा. मङ्गल रावललाई सप्रजिअले बोलाउनु भयो । करीब १५ मिनेटको वहाँहरूको सङ्क्रमणको जोखिम हुदाँहुदै पनि निसंकोच बसाइँले म प्रतिको माया र सद्भावको दियो बलिरहेको अनुभूति भयो । डा. साब को आगमन पछि ढाडस दिनुभयो “हामी छौ, चिन्ता लिनु पर्दैन हजुरलाई केही हुँदैन केही हुन दिने छैनौ“ त्यो अभिव्यक्तिले ममा भएको निराशाको कालो बादलमा सानो सूर्यको किरण प्रवेश गरेको अनुभूति भयो ।

कता बस्ने छलफल गर्‍यौ । सबैको सल्लाहले क्वाटरमा बस्दा राम्रो होला भन्ने भयो । होम आइसोलेसन बस्ने निर्णय गरे । पछि २६ जनामा म लगायत ५ जना अरू पनि सङ्क्रमित भएको जानकारी पाएँ ।

अफिसबाट निस्केपछि सबैबाट बिदा भएर क्वाटरतिर सदाझैँ कोठा जाने अवस्था रहेन। सङ्क्रमित भएको कसरी जानकारी दिने होला म्याडमलाई । साना २ जना छोरा सङ्क्रमित छन् कि भन्ने कुराले पिरोलिरह्यो । जुत्ता फुकालेर अलग्गै निवासको आगमन गए । बोलाए म्याडमलाई सदाझैँ । छोराको अनलाइन पढाईको होमवर्क अपलोडको कुराले ईनगेज बनाएको रहेछ। दोस्रो बोलावट पछि बाहिर निस्किन् । मैले भने “म सङ्क्रमित भए“ तिमिहरू गेस्ट रूपमा सिफ्ट होऊ “ सबै सामानहरू बाहिर झिक भने । उनको अनुहार एकै छिन मलिन भयो । अनुहारले आफ्नो स्वाभाविक स्वरूप बदलियो । जुन सामना गर्नुपर्ने बाध्यता थियो।

एक्कासि मनमा मन्त्रालयमा सचिव ज्यूलाइ जानकारी दिनुपर्छ भन्ने चेत आयो । सदाझैँ पीएसओ उठाउने फोन त्यो दिन सचिवज्यूले आफैले उठाउनु भयो । जानकारी दिए “ मेरो रिपोर्ट पोजेटिभ आयो “ म सङ्क्रमित भए भने । वहाँले ल क्वाटरमा बस्नु भन्नु भयो र फोन राख्नु भयो । त्यस पछि सामाजिक सञ्जालमा मार्फत आफू सङ्क्रमित भएको जानकारी दिए। केही समयपछि मेरो फेसबुक स्ट्याटस स्रोत उद्धत गर्दै अनलाइनमा समाचार प्रकाशित हुन थाले । सबै सामान झिके पछि साना बाबुहरू निस्किएपछि कोठा खाली शून्य भयो ।

यो कोठालाई भरिपूर्ण देखाउने मेरा दुई छोरा र श्रीमती त रहेछन् उनीहरू विना कोठा आज उजाड भयो । फेरि जिन्दगीमा आई लागेको सङ्कट उजाडिएको कोठामा सामना गर्नु छ भन्ने चित्त बुझाए । ओछ्यानमा बस्न पनि मन लागेन । फोन घण्टी बजिरह्यो । शुभ चिन्तकहरूले “गेट बेल सुन” कमेन्ट ओइरो लाग्न थाल्यो।

धेरै पत्रकारले मेरो मुखबाट सुनेर न्युज बनाउन खोजे । कतिको उठाए कति सकिन । तत् पश्चात् मलाई साँच्चै कोरोना सङ्क्रमित हु भन्ने महशुसिकरण हुन थाल्यो ।

म्याडम ,साना २ जना बाबु र भान्सेको सङ्क्रमण के छ भन्ने प्रश्नले मलाई घोचिरह्यो । होम आइसोलेसन भने पनि अन्य परिवारका सदस्यहरूको सङ्क्रमण हुन्छ कि चिन्ताले पिरोल्दो रहेछ ।

परिवार, छोराहरूसँग खाना खाएको दिन एक्लै खाना खाँदा कारबाही परेको महसुस भयो । म्याडम बाहिरबाट ‘नरमाइलो नमान्नुस् मलाई सङ्क्रमण भए पनि नभए पनि म हजुरसँग भोलिबाट बस्छु । बाबुहरूलाई नेगेटिभ आएको भए अन्यत्र कतै सिफ्ट गर्नुपर्ला’ भनिन्। मलाई लाग्यो, यस विषम परिस्थितिमा उनको अभिव्यक्तिले एउटा श्रीमतीले देखाएको सर्मपणभाव यो भन्दा अरू के नै हुन सक्छ ।

मैले भने “किन बस्नु पर्‍यो र पोजेटिभ आए भने पछिको कुरा हो” चिन्ता नगर तिमिहरू सबैको नेगेटिभ आउँछ । भोलि बिहान ९ बजे तिमीहरूको र स्टाफहरूको स्वाब लिन आउने जानकारी दिए ।

गाउँमा बस्ने आमा बाबाले स्थानीय एफएम सुनेर थाहा पाएछन् । काठमाडौँ बस्ने भाइहरूलाई फोनबाट जानकारी गराउन खोजे । फोन गरे उठेन । पछि सामाजिक सञ्जालबाट थाहा पाएछन्। कान्छाभाईले काठमाडौँबाट बचेर जानुभयो जिल्लामा गएपछि देखियो भन्यो र माइला भाइले धेरै समुदायमा र बाहिर निस्केको परिणाम भनेर भिडियो च्याटमा भन्यो । सबैसँग ग्रुप च्याट पश्चात् एक्लोपनामा अलिकति भए पनि राहत महसुस भयो ।

फेसबुक,फेसबुक म्यासेन्जर र एसएमएस शुभेच्छा व्यक्त गर्ने शुभचिन्तकहरूको शुभेच्छाले क्रमशः मलाई आत्मबल वृद्धि भयो । साथी भाइ इस्ट मित्र, व्यवसायी जीवनका साथीहरू र युनिभर्सिटी कलेजमा सँगै पढेका साथी भाइहरूको अगाध सहानुभूतिले मलाई निकै ढाडस प्राप्त भयो । वहाँहरूले देखाउनु भएको सहानुभूति म सदासर्वदा ऋणी र अनुग्रहित बनाइरहनेछ । मनमा अनेक किसिमका कुरा खेलिरहे बोर्ङ्ककाईटिस भएको छोरा र अर्को सानो बाबु साथै मेरो कियरमा तल्लीन म्याडम र भान्सेलाई नदेखियोस् भनी भगवानासँग प्रार्थना गरिरहे ।

घडी हेर्दा राती १२ बजे सकेको रहेछ । सङ्क्रमितले पर्याप्त निद्रा सुत्नु पर्छ अनिद्राले ईम्युनिउटी कमजोर हुन्छ भनेर पत्रिका पढेको थिए । त्यो कुराले मलाई सुत्न दबाब भयो । निद्रा परेन । वल्टी पल्टी गरे मछ्डले पनि आफ्नो आहाराकोलागि सङ्गीत दिँदै थिए । पटक पटक झल्यास झल्यास ब्यूझिएँ । म सङ्क्रमित पो ! अनुभूति हुने । सपना पनि सबै काम कुराहरू आई रहे ।बिहान पख निद्रा लाग्यो तर ६ बजे भित्र उठ्ने ब्यायाम योगा र ध्यान गर्नु पर्ने भन्ने लाग्यो ।

सपनामा अफिस काम र आइसोलेसन व्यवस्थापन लगायत कुराहरूले सताउँदा अवचेतन दिमागमा कार्य चापको तनावले मलाई गलाएर मेरो ईम्युनिउटी कमजोर भई कोरोनाले आक्रमण गरेको हो भन्ने मलाई लाग्यो ।

बिहान करीव ६:३० बजे उठे पहिले नियमित ‌औषधी खाए नित्य कर्म पछि १५ मिनेट ध्यान र आधा घण्टा योगा अभ्यास गरे । खाजा खाए पछि रेस्ट गरे । शुभचिन्तक फोनहरू आई रहे मलाई उठाउन जागर भएन जसको फोन उठाउन सकी माफी चाहन्छु । पहिलो दिन आलस्यता र टोलाई रहन मन लाग्ने भयो । बेला बेला तातो पानी खाने, बेसार पानी खाने र ३ पटक पानी बाफ लिने गरे । भोलिपल्ट शुभचिन्तकहरूले आयुर्वेद औषधी खाने सल्लाह दिएपछि आयुर्वेद अस्पतालबाट मगाए साँझ तिर आई पुग्यो । त्यो पनि खाने गरे । एपिएफ डिएसपी साबले वहाँको साथीले पठाएको गुर्जो पनि पठाइदिनु भयो । उमालेर त्यसको पानी लिने गरे ।

सामाजिक सञ्जालमा नहेर्नु र मिडिया फास्टिङ्ग गर्नु भन्ने सुझाव अस्ट्रेलिया बसोबास गर्दै आउनु भएका मनऋषि दाइले सुझाव सहित सङ्क्रमण भएको दुख व्यक्त गर्दै आवश्यकता परे अनलाईन बुकको सिरिज पठाउँछु भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भो । एकदम सही लाग्यो । कोरोनाबाट मृत्युका समाचार तथा अन्य नकारात्मक समाचारले आत्मबल शून्यमा झार्ने रहेछ । प्रयास गरे पनि समय समयको अन्तरालमा सामाजिक सञ्जाल हेर्दा शुभचिन्तकहरूले म्यासेन्जर शीघ्र स्वास्थ्य लाभको कामनाका सन्देशहरूको नोटीफीकेशन हुन्थे । त्यसै क्रममा लण्डनमा परिवार सहित बसोबास गर्दै आउनु भएको अर्को चन्द्र प्रकाश देवकोटा दाइले ‘भाइ तपाई सङ्क्रमित भएको खबरले दुखित तुल्यायो आफू सङ्क्रमित भएको र बेला बेला रिहाईड्रेट गरी राख्ने र अक्सिजन लेभल नापी राख्ने’ सल्लाह दिनुभयो । साथै जिल्लाको समसामयिक विषयमा कुरा पनि भयो । परदेशमा रहेर पनि जिल्लाप्रति देखाउनु भएको चिन्ता र चासो निकै सराहनीय थियो । तत्काल डा साबले अक्सिमिटर उपलब्ध गराउनु अनुरोध गरे वहाँले अक्सिमिटर उपलब्ध गराउनु भयो जसले शारीरिक अवस्थाको जानकारी राख्न सहज भयो ।

जुन दिन म्याडम बाबुको परीक्षण नतिजा आउने अपेक्षा गरिएको थियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण मेसिनमा आएको गडबडीले सोही दिन आउन सकेन । त्यो चौबिस घण्टाको प्रतीक्षारत समय निकै अधैर्य पूर्ण र कठिन रह्यो । २ दिन पछि करीब ४ बजे तिर बाबुहरू, म्याडम र भान्सेको रिपोर्ट नेगेटिभ आएको खबर सप्रजिअले गराएपछि सन्तोषको श्वास फेरे ।

अव झन् उनीहरूलाई अझै उच्च सावधानी अपनाउन भने । कोरोनाको कारण म आइसोलेसन बसेको दुरी १० मिटर दुरी टाढा रहे पनि हजारौँ माइल टाढा भएका व्यक्ति सँग झैँ सम्पर्क गर्न प्रयोग गरिने ईन्टरनेटवाट जोडिई भावना दुरीको सामीप्य गर्न थालियो । बुवा आमा थाहापछि निकै चिन्ता गर्नु भएछ । फोन सकी नसकी उठाए । मलाई केही भएको छैन चिन्ता पिर नलिन भने । ठुली दिदी निषेधाज्ञा बिचमा पनि मेरो चिन्ता र पिरले म बसेको कार्यालयमा आई पुग्नु भो । कोठाभित्रबाट दिदी भाइले कुरा गर्‍यो । त्यो क्षण मेरो जीवनको पिडादायीक्षण बन्यो । भाइप्रति त्यो प्रेम ,माया र चिन्ता ख्याल वास्तवमै कति निश्चल थियो भन्ने वहाँको अभिव्यक्तिले देखाइरहेको थियो । केही छिन कुराकानी पछि बिदा हुनु भयो । फर्की फर्की झ्यालतिर हेरि राख्नु भो । त्यो क्षण सम्झिदा मलाई अहिले पनि पिडा हुन्छ ।

सदाझैँ बिहान ध्यान, योगा अभ्यास र व्याम निरन्तर बेसार पानी सन्तुलित भोजन प्राथमिकता दिने गरे । दिनको ३ चोटि पानी बाफ लिने जडीबुटी औषधी पनि सेवन गर्ने गरे । तेस्रो चौथो दिनबाट खाना स्वाद हरायो र गन्ध पनि त्यति अनुभूति नहुने भयो । बेला बेला आलस्यताले सताईरयो । समाचारमा कोभिडबाट मृत्युको खबर मनै चिसो हुने आफ्नो मनोबलको ग्राफ एकचोटी तल झर्थ्यो । नकारात्मक समचारहरुले निकै निरुत्साहित र निराशाको भारी बेला बेलामा बोकाउने गर्थ्यो । यति बेलाको समय सकारात्मकताको वातावरण अति महत्त्वपूर्ण हुँदो रहेछ । घर परिवार साथी भाइको माया र केयर हौसलाले निकै सकारात्मक भाव पैदा गर्दो रहेछ ।

प्रिय जिन्दगी ! जीवन यात्रा अर्को ईनिङ्ग सुरुवात भएको अनुभूति हुदैछ । १० दिन सकसपूर्ण मानसिक र शारीरिक मनोबल सहितको लडाइँबाट कोरोना हच्किएको मैले परास्त गरेको खबर भर्खर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षण प्रतिवेदन जाहेर गरेको जानकारी प्राप्त भएको छ। यस बिचमा मेरो स्वास्थ्य सदैव चिन्ता र ख्याल गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल निर्देशक डा. मङ्गल रावल र सप्रजिअ ओम प्रकाश देवकोटा लगायत सम्पूर्ण महानुभावहरूलाई हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । आफ्नो परिवारका सदस्यहरू र आफू सम्बद्ध संस्थाले गरेको हेरचाह चासो र चिन्ता ख्यालले एकदमै महत्त्व राख्दो रहेछ । आजको शुभ खबरले यो शरीरमा पूर्नबल सहित ऊर्जा सञ्चार भई जिन्दगीको यात्रामा नयाँ सुरुवातको झिनो आशा पलाएको छ ।

विश्वव्यापीकरणको दुष्परिणामबाट म पनि अछुतो रहन सकिन । चीनबाट वुहान सहरबाट फैलिएको नोबेल कोरोना भाइरसले २०७७ साल भाद्र १७ गते म पनि सङ्क्रमित भए । आफूलाई तोकिएको जिम्मेवारीलाई व्यावसायिकता निष्ठा र ईमान्दारिता साथ निभाउने क्रममा सङ्क्रमित भएको कुनै पछुतो छैन । सङ्क्रमित भएपछि सबै शुभचिन्तकहरूले जनता सेवामा खटिदा सङ्क्रमण भएको भनेर जुन सहानुभूति , सद्भाव र माया साथै शुभेच्छाले आगामी दिनमा जनता सेवा लागिरहन थप उत्प्रेरणा , हौसला र ऊर्जा मिलेको छ।

मेरो मेहनत लगाव र जनता सेवा गरेको मूल्याङ्कन गरेको अनुभूति भएको छ । यस कठिन घडीमा मैले कोरानासँग लडिरहँदा तपाईँहरूको चासो चिन्ता र शुभेच्छाले लडाइँमा थप गोलीगठ्ठा र काबिल सिपाही थपिएको महसुस हुँदो रहेछ।

अस्वस्थता कारण कयौँ शुभचिन्तक महानुभावहरू फोन र म्यासेन्जर कल रिसिभ गर्न सकिन, हजुरहरूले मलाई माफी गर्नुहुनेछ । यहाँहरूको माया सदभाव, हेरचाह र सहानुभूति सदैव ऋणी र अनुग्रहित हुनेछ । यो बिचमा नजिक टाढा र टाढा व्यक्तिहरू निकै नजिक बनेर मेरो स्वास्थ्य अवस्थाप्रति निकै चिन्तित हुँदै बारम्बार ख्याल राख्नु भयो । तपाईँहरू सबै मेरो मन मस्तिष्क र दिलमा सदा सद्भाव र सहानुभूति पलाएको छ । सबै जनाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । मेरो स्वास्थ्य लाभको कामना गर्नु हुने विभिन्न व्यक्ति एवं संस्थाहरुलाईपनि विशेष आभार एवं कृतज्ञता व्यक्त गर्दछु । यहाँहरू सबैले जनस्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गरौँ । महामारीमा लड्न कुनै एक निकाय र सरकारको एकल प्रयासले सम्भव देखिँदैन। साझा प्रयासबाट कोरोना विरुद्धको सकसपूर्ण लडाइँबाट विजयी हुन सकिने आशा राख्न सकिन्छ ।
(आईसोलेशनको बेड वाट अभिव्यक्त अनुभूतिमा आधारित )

थापा जुम्लाका प्रमुख जिल्ला अधिकारी हुन् 

प्रतिक्रिया दिनुहोस