थप १ हजार ४५४ जनामा कोरोना संक्रमण, ९७२ जना डिस्चार्ज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थप १ हजार ४५४ जनामा कोरोना संक्रमण, ९७२ जना डिस्चार्ज


२६ भाद्र २०७७, शुक्रबार


काठमाडौं । नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । २४ घण्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । २४ घण्टाको अवधिमा बिहीबार १२ सय ४६ जना संक्रमित फेला परेका थिए ।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

सक्रिय संक्रमित १४ हजार ९२५ रहेको प्रवक्ता गौतमले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस