१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना

अ+ अ-

जुम्ला । कर्णाली प्रदेशअन्तर्गत जिल्लाको सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ ।

कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताए । ‘जनताले संघीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो’, सांसद महतले भने।

गत आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेकाले चालु आर्थिक वर्षमा यस्ता खालका समस्या न्यूनीकरण गर्न प्रदेश सरकारले पहल गर्ने जानकारी उनले दिए । सरकारले कर्णाली प्रदेशका सबै जिल्लामा सबै मन्त्रालय मातहतका कार्यालय स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइने सांसद महतले जानकारी दिए ।

जुम्लामा कर्णाली प्रदेश मातहतका १२ कार्यालयबाट सम्पादन गरिने क्रियाकलापको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्यालयका लेखा सहायक विश्वराज खत्रीले बताए । यसअघि जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस