२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यालिफोर्नियाको आगलागी झन् फैलिदै

अ+ अ-

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको आगलागी निकै ठूलो क्षेत्रसम्म नै फैलिएको पछिल्लो समाचारमा जनाइएको छ ।

प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगीसकेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । क्यालिफोर्नियाको वन विभाग र आगलागी नियन्त्रण केन्द्रले सो जानकारी दिएको बताइएको छ ।

आगलागीका कारण जंगलनजिकै रहेको बस्तीका कैयौँ घर जलेर नष्ट भएका छन् भने सयौँ मानिस विस्थापित पनि भएका त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उक्त विभागले दिएको जानकारीमा यहाँका घर तथा अन्य सरकारी तथा निजी गरी ३ हजार ३०० भन्दा बढी संरचनाहरु जलेर नष्ट भएका छन् ।

यस वर्षको आगलागीका कारण आठ जनाको मृत्यु भएको छ भने राजमार्ग तथा अन्य आवश्यक मार्गहरु पनि बन्द भएका जनाइएको छ । आगलागीसँगै हावा तीब्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र यसका कारण ठूलो जंगल क्षेत्र जलेर सखाप भइसकेको अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिले पनि तिब्र गतिमा हावा चलेको छ र आगोका मुस्लोहरु निस्किएर निकै टाढा टाढासम्म पनि पुगेका छन् । यसले गर्दा यहाँको हावा प्रदुषित हुनुको साथै तातो हावाको वहाब बढेको छ । आगो निभाउनका लागि यहाँ सयौँको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ । आगो तिब्र रुपमा फैलिरहेका कारण आसपासका सयौँ भवनहरु खाली गराइएको छ ।

विमानबाट पानी हालिएको छ तर पनि अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । आगलागीका कारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको छ ।

यहाँका गभर्नरले क्यालिफोर्नियामा संकटकाल घोषणा गरेका छन् । आगो नियन्त्रणमा आएर सर्वसाधारणलाई सहज वातावरण नहुदासम्मका लागि यहाँ संकटकाल घोषणा कायमै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस