गण्डकीमा ७६ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकीमा ७६ जना कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

२२ भाद्र २०७७, सोमबार


गण्डकी । गण्डकी प्रदेशमा आज ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ५९८ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले जानकारी दिए ।

थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ जना, नवलपरासी पूर्वका १५ जना, गोरखाका १८ जना, तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ ।

पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ जना महिला र आठ जना पुरुष छन् । त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई जना, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चार जना दुई जना स्टाफ नर्स र दुई जना सहयोगी छन् । सङ्क्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस