२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

अ+ अ-

काठमाडौँ । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरे। सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिए । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरुको खेल प्रदर्शन निराशाजनक रह्यो । जेमेन ब्ल्याकवुडले २५ तथा निकोलास किटोनले पनि २५ रनको योगदान दिए । यस्तै चाडविक वाल्टनले १० रन जोडे । बलिङतर्फ जाहिर खान र जेवलिन ग्लेनले तीनतीन तथा केसरिक विलियम्सले एक विकेट लिए ।

यसअघि प्रारम्भमा ब्याटिङ गर्न पुगेको सेन्ट लुसियाका लागि नजिबुल्लाह जादरानले ३५, रहकेस कार्नवालले ३२, रोस्टोन चेसले ३२ तथा मार्क दयालले १३ रन बनाए ।

बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिएका हुन्। सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । सन्दीपले हालसम्म १० खेलमा १२ विकेट लिनुभएको छ । यस्तै जमैकाका लागि सेन्ट लुसियासितको खेलमा मुजिव उर रहमानले २, फिडेल इडवार्ड, भिरासम्मी प्रेमउल, कार्लोस ब्रेथवाइटले एकएक विकेट लिए।

जमैकाले अब सेमिफाइनल खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस