बाल यौन दुरुपयोग मुद्धाका दोषी पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बाल यौन दुरुपयोग मुद्धाका दोषी पक्राउ


२१ भाद्र २०७७, आइतबार


पक्राउ

दमौली । बाल यौन दुरुपयोग मुद्धाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ छन् ।

उनलाई घरबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । निजविरुद्ध जिल्ला अदालतले विसं २०७६ साउन २९ गते दुई महिना पाँच दिन कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसयता फरार रहेका उनलाई पक्राउ गरी आज नै जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस