२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले यही भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

क्षमता अनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिइ बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । गृहमन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोही बमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालिकाले कोभिड–१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो । भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो ।

सार्वजनिक यातायातका साधन सञ्चालन भएपनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस