२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊ जागिरे अरे !

अ+ अ-

ऊ जागिरे अरे !
उसलाई समयमै पुग्न फटाफट हिँड्न आदेश दियो कसैले
फटाफट हिँड्यो ऊ अनि हिँडिरह्यो
आफ्नो कामप्रति बफादार भएर,
तर गन्तव्य नै टुङ्गिएपछि पो रहेछ उसलाई आदेश दिइएको
किनकि, ऊ जागिरे अरे !

उसलाई भोको देखेर छिटो छिटो खान आदेश दियो कसैले
खान हतार हतार गरी अघि बढ्यो ऊ अनि बढिरह्यो
खान पाइन्छ कि भनेर,
तर आफैले थाल रित्याएपछि पो रहेछ उसलाई आदेश दिइएको
किनकि, ऊ जागिरे अरे !

उसलाई घरमा अबेर आउँदा पनि गाली गर्ने कोही छैन,
जता बरालिए पनि कुनै रोकटोक छैन
जता गए पनि कुनै छेकबार छैन
किनकि ऊ जागिरे अरे !

शनिवार बिहान अबेरसम्म सुत्न पाइन्छ भनेर होला
शुक्रवार राती अबेरसम्म निदाएन ऊ
अबेरसम्म निकै गफियो साथीसँग सायद हप्ताभरिलाई पुग्ने गरी
किनकि ऊ जागिरे अरे !

निकै फुर्सदिलो देखिन्छ ऊ आज अनि फुर्तिलो पनि
सायद शनिवार भएर होला,
अरुदिन सुनसान रहने उसको बस्ने कोठा गुञ्जियो
सङ्गीत बजायो, चिया पियो, अल्झियो, बस्यो
किनकि ऊ जागिरे अरे !

उसले सदाझैँ खाने खानाको परिकार फेर्‍यो आज
हप्ताभरि लगाएको लुगाफाटो नयाँ बनायो
दिउँसो बाहिरियो कतै साथीहरूसँग
अनि साँझ बेलैमा फर्कियो पनि
किनकि ऊ जागिरे अरे !

बेलुकी पुरानै धरातलमा आएर सदाबहार खाना बनायो, खायो
टेबलमा क्यानभासजस्तो उसको डायरी एक छिन समात्यो
टाक्कन टुक्कन पानाहरूमा केही लेख्यो
सायद शनिबारे दैनिकी थियो कि, या अरू केही
किनकि ऊ जागिरे अरे !

कहिलेकाहीँ घरमा उसले केही कुरा सुनाउँदा या बोल्दा
घरका सबै सदस्यहरूको कान ठाडो हुन्छ अरे !
लाग्थ्यो ऊ घरको बजेट नै पो भाषण गरिराको हो कि जस्तो
किनकि ऊ जागिरे अरे !

ऊ दिनहुँ जागिरमा हिँड्छ समयको समीकरण सँगै
केवल शनिवार बाहेक
उसका हरेक क्रियाकलापको बेग्लै रुटिन छ
किनकि ऊ जागिरे अरे !

रात एक गर्भवती आमा हो
नपत्याए हेर भोलि बिहान जन्मन्छ भन्थे,
हो रहेछ किनकि फेरि आइतबार आयो
पुनः उसको त्यहीँ रुटिन सुरु हुन्छ
किनकि ऊ जागिरे अरे !
ऊ जागिरे अरे !!
ऊ जागिरे अरे !!!

सुझावको लागि : [email protected]

प्रतिक्रिया दिनुहोस