नत्र पार्टी फुट्छ यहाँ ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नत्र पार्टी फुट्छ यहाँ !


२० भाद्र २०७७, शनिबार


सांसद मन्त्री बन्न पनि चुनावमा हारे पुग्छ यहाँ,
हरुवा सांसद मन्त्री बन कसको टाउको दुख्छ यहाँ

जनता तिमी भिखारी हौ गेरु वस्त्र धारण गर,
विकास खोज्ने जनतालाई खोजिखोजी लुट छ यहाँ

अलिकति गंगाजल जनतालाई देऊ न नेता,
कति रुन्छन् रुन देऊ आफै आँसु सुक्छ यहाँ

भोट नदिने जनतालाई छानिछानी कारबाही गर,
त्यति गरे समृद्धिको मूल पनि फुट्छ यहाँ

हार्नु पनि जित्नु रैछ प्रमाणितै भयो आज,
बनाए मलाइ मन्त्री बनाउन नत्र पाटी टुट्छ यहाँ !

Tags :
प्रतिक्रिया दिनुहोस