१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा ७४ संक्रमित थपिए

अ+ अ-

चितवन । जिल्लामा एकै दिन ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती सङ्क्रमित थपिएका हुन् ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५७ जना र भरतपुर अस्पताल कोभिड-१९ योगशालामा गरिएको परीक्षणमा १७ जना जिल्लाका सङ्क्रमित थपिएका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार थपिनेमा सबैभन्दा बढी भरतपुर महानगरका ५६ जना रहेका छन् ।

यस्तै रत्ननगरका तीन जना, कालिकाका दुई जना, खैरहनीका चार जना र राप्ती नगरपालिकाका–९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा ७०३ जनाको परीक्षणका क्रममा ८८ जनामा र भरतपुर प्रयोगशालामा ३०२ जनाको परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएकामध्ये ७४ जना जिल्लाका हुन् भने बाँकी ३२ जना बाहिरी जिल्लाका हुन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ९३३ पुगेको छ । यसमध्ये ५९४ भरतपुर महानगरका रहेका छन् ।

यस्तै खैरहनीका ५३ जना, माडीका ५२ जना, रत्ननगरका ११५ जना, राप्तीका ९७ जना, कालिका नगरपालिकाका १८ जना र इच्छाकामना गाउँपालिकाका चार जना रहेका छन् । सङ्क्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या भने २० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस