२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी

अ+ अ-

न्यूयोर्क । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाख भन्दा बढी पुगेको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ ।

विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका कूल सङ्क्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा सङ्क्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ ।

चीनको वुहानमा कोभिड-१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा मङ्गलबारसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरससँग जोडिएका घटनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् ।

सङ्क्रमण तथा मृत्युका दृष्टिकोणले अमेरिका, ब्राजिल र भारतपछि यूरोपेली मुलुकहरू रहेका छन् । तर युरोपमा सङ्क्रमण दरमा केही कमी आएको भन्दै यो साता बालबालिकाहरूलाई पठनपाठनका लागि विद्यालयमा बोलाउने तयारी भइरहेको छ ।

ती मुलुकहरूले विद्यालय सञ्चालनका लागि तयारी गरिरहँदा बेलायत, फ्रान्स र स्पेनमा आइतवारको तुलनामा सङ्क्रमण दर घटेको छ ।

प्रतिक्रिया दिनुहोस