२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आपसी सद्भाव अभिवृद्धि गर्ने पर्व इन्द्रजात्रा : पर्यटनमन्त्री भट्टराई

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताएका छन् ।

इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिदै उनले प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको इन्द्रजात्रा पर्वले कृषि प्रधान मुलुकको समृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले कोभिड–१९ महामारीकाबीच आवश्यक स्वास्थ्य सावधानी अपनाएर मुलुकका सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्ने जिम्मेवारी रहेको बताए । ‘हाम्रो देशको धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको पहिचान बोकेको पर्व इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

शत्रु पराजय भएपछि विजय उत्सवका रुपमा मनाउने किंवदन्दीअनुसार विशेष गरी काठमाडौँ उपत्यका र उपत्यका बाहिरका केही स्थानमा धुमधामका साथ इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने चलन छ ।

इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन गत वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका मेयरलाई निमन्त्रणा गरी यो पर्वको प्रत्यक्ष अवलोकनसमेत गराइएको थियो । यो पटक विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण अन्य क्षेत्रजस्तै यस्ता मौलिक सांस्कृतिक पर्व पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस