जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए।
त्यसै क्रममा उनी बिरामी परेका थिए। भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो। उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।
उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।