काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।
यो सहित मृत्यु हुनेको संख्या २२८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या २२८ पुगेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ७ जनाको मृत्यु भएको छ।
सोमबार कोरोनाबाट मृत्यु हुनेमा महोत्तरीमा एक बालिका, गोरखामा दुई महिला र झापा, रौतहट, चितवन र भक्तपुरमा एकर एक गरी चार पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।