दक्षिण कोरिया । कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाल विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
१६ औँ कार्यसमितिका सभापति प्रकाश देवकोटाको अध्यक्षता सम्पन्न सभा विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को विषम परिस्थितिका कारण यो कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरिएको छ। कार्यक्रम सोनसिकको फेसबुक पेज मार्फत लाइभ गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख राम सिंह थापा र विशेष अतिथि दक्षिण कोरिया ग्वान्जु का लागि नेपालका अवैतनिक वाणिज्य दूत डा. जन् सँग ह्यन् रहेका थिए। त्यस्तै अन्य अतिथिहरूमा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, सोनसिकका संस्थापक अध्यक्ष जनार्दन लामिछाने, कोरियन युनिभर्सिटी अलमुनि एसोसिएसन नेपालका अध्यक्ष महेन्द्र भट्ट , संस्थाका संस्थापक उपाध्यक्ष तथा नारा आइसिसी प्रतिनिधि डा. देवीबहादुर बस्नेत, सोनसिकका सम्पूर्ण पूर्व सभापति ज, सोनसिकका १६ औँ कार्यसमितिका सल्लाहकार, सोनसिकका सम्पूर्ण कार्यसमिति तथा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा संगठन का पूर्व सचिव विशाल भण्डारी तथा पूर्व कोषाध्यक्ष राजाराम श्रेष्ठद्वारा गत वर्षको गतिविधि एवं आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो।
सभाबाट सभापतिमा ग्वाङजु इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, ग्वान्जुमा अध्ययनरत राजाराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको उपसभापतिमा क्षेत्र नं १ बाट ओमराज सापकोटा र पुष्पराज अधिकारी, क्षेत्र नं ३ बाट सौगात सिवाकोटी र क्षेत्र नं ४ बाट देवी ज्ञवाली, सचिवमा टोनकिङ बास्तोला, सह–सचिवमा नवीन बोहरा, कोषाध्यक्षमा चारु विष्ट, सदस्यहरूमा मनिष पाण्डे, ग्रिनसन शर्मा, रभी घिमिरे, सुजता पुर्जा र प्रमोद बहादुर के सी सर्बसमत चयन भएका छन् ।
विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को बिच पनि वार्षिक साधारण सभा सम्पन्न गर्नु पर्ने जिम्मेवारी कार्यसमितिको काँधमा रहेको र प्रत्यक्ष भेटघाट गरी साधारण सभा सम्पन्न गर्ने अथाह चाहना हुँदाहुँदै पनि वर्तमान अवस्थालाई मध्यनजर गर्दै अनलाइन मार्फत सम्पन्न गरी उदाहरण पेस गरेको वक्ताहरूको भनाइ थियो ।
विश्वव्यापी महामारीका बिच पनि समयमै सम्पन्न गरिएको अनलाइन साधारण सभा सफल रूपमा सम्पन्न भएको र प्रत्यक्ष भेटघाट बिना पनि साधारण सभा सम्पन्न गर्न सकिने सन्देश गएको जानकारी दिँदै यसले विभिन्न सङ्घ संस्थाहरूलाई पनि प्रेरित गर्ने विश्वास १६ औ कार्यसमिति तथा १७ औ साधारण सभाका सभापति प्रकाश देवकोटाले बताए ।
कार्यक्रम कार्यकारी सदस्य चारु विष्टले सञ्चालन गरेकी थिइन् ।