२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालमैत्री कार्य वातावरण

अ+ अ-

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका कारण अहिले विश्व नै सङ्कटमा छ । बन्दाबन्दीको अवस्थामा रहेको छ । यसले बालक, युवा, प्रौढ, वृद्ध/वृद्धा, महिला, पुरुष सबैलाई प्रभाव पारेको छ । आर्थिक क्षेत्र नराम्रोसँग थलिएको छ । सम्पूर्ण उद्योग व्यवसाय बन्द प्रायः छन् । यातायात बन्द छ । आवत जावत बन्द छ ।

मानिसहरू घरको चौकिल्लामा सीमित छन् । ग्रामीण स्थानमा बस्नेहरू आफ्नो खेतबारीसम्म खुलारुपमा विचरण गर्न पाए पनि बजार तथा अलिक घना बस्तीमा बस्नेहरू खुला रूपमा विचरण, हिँड डुल गर्न नपाएको लामो समय भयो । यो अवस्था विश्वभरि नै कुनै न कुनै रूपमा रहेको छ ।

नेपालमा गत चैत्र महिनादेखि बालबालिकाहरू घरमै सीमित गरिएका छन् । विद्यालयहरू बन्द छन् । बच्चाहरू घरमा रमाएका छन् । ग्रामीण भेगमा पनि मानिसहरूको उपस्थिति बाक्लिएको छ । अघिल्लो वर्षको तुलनामा खेती पाती अधिकतर जमिनमा गरिएको छ ।

स–साना बालबालिका कोखीमा बोकेर कोठीमा बस्न बजार झर्नेहरूको लर्को बन्द प्रायः छ । मानिसहरू आ–आफ्ना आश्रय स्थल जहाँ छन् त्यहीँ बसेको देखिन्छ । काठमाडौँ, बुटवल, नारायणगढ, दाङलगायत देशका सहरी इलाकामा भाडामा बसेर आफ्ना बालबालिका पढाउनेहरूको लर्कोमा कमी आएको छ । भाडामा बस्नेहरू आफ्ना कुम्ला कुटुरा बोकेर गाउँ फर्किसकेको देखिन्छ ।

विश्वको अर्थतन्त्रमा आएको असरसँगै नेपालको अर्थतन्त्रमा पनि यसले प्रभाव पारेको देखिन्छ । रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रमा कोरोना भाइरस कोभिड १९ को कारण विदेशबाट फर्किनेहरू, जान नपाएकाहरूको कारण ठुलै प्रभाव पार्ने आकलन गर्न सकिन्छ । विभिन्न आँकडा अनुसार दैनिक १५०० जनाको हाराहारीमा विदेश जानेहरू चैत्रदेखि बन्द रहेका कारण विदेश जान पाएका छैनन् । रेमिट्यान्सको प्रवाह पनि पूर्ववत् अवस्थामा आउन लामै समय लाग्ने देखिन्छ ।

पाणिनी गाउँपालिकामा गरिएको एक प्रारम्भिक सर्वेक्षणमा यहाँबाट बच्चालाई पढाउन भन्दै सन्धिखर्क, बुटवल, पाल्पा र अन्य जिल्लामा गएकाहरू मध्येबाट अहिले बन्दाबन्दीको कारण ८५ प्रतिशत गाउँ फर्किएका छन् । त्यसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

माथिको विश्लेषणबाट कोभिडले सबैलाई प्रभाव त पारेको छ । त्यसमा पनि महिलाहरूलाई धेरै प्रभाव पारेको देखिन्छ । श्रीमानले रोजीरोटीको जोहो गरिरहेका महिलाहरूलाई विविध कारणले रोजगारी गुम्दा असर परेको छ । आफै काम गरिरहेका कामकाजी महिलाहरूलाई झन् ठुलो असर पारिरहेको छ ।

सर्वोच्च अदालत काठमाडौँमा कार्यरत एक महिला कर्मचारी जसको ढाई वर्षको बच्चा छ। उनले बन्दाबन्दी अगाडी सिंहदरबारमा रहेको शिशु स्याहार केन्द्रमा बच्चा छोडेर कार्यालयको काम गर्दथिन् तर अहिले उनलाई यो बन्दाबन्दीले बच्चा र अफिसलाई समय दिन निकै अप्ठ्यारो परेको छ । आफ्नो स्थायी घर भन्दा बाहिर कोठा भाडामा लिएर बस्नेहरूको र एकल परिवारमा बस्नेहरूको कोठामा बच्चा हेरदेख गर्ने मान्छे छैनन्। श्रीमान् श्रीमती दुवै जना जागिरे छन् । त्यस्तै देव दह नगर पालिकामा काम गर्ने एक जना कर्मचारीको पनि त्यही अवस्था छ । यस्तो अवस्था नेपालमा अहिले प्रहरी, सेना, जुनसुकै सेवामा काम गर्ने महिला कर्मचारीको अवस्था यस्तै छ ।

विद्यालय खुलेको बेलामा दिनभरि बच्चा विद्यालय वा शिशु स्याहार केन्द्रमा बस्दा काम काजी आमाहरूलाई धेरै सजिलो हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । हाम्रा कार्यालयहरू महिला तथा बालबालिका मैत्री छैनन् । कार्यालय परिसरमा टसमस भएर कर्मचारी व्यवस्थापन गरिएको ठाउँमा बालबालिका खेल्ने कोठा, उद्यान आदि हुने त सपनाको कुरा भो ।

कार्यालयमा बच्चाहरू भएका कामकाजी महिला कर्मचारीहरूले आफ्नो कार्य विवरण अनुसार र आफ्नो जिम्मेवारी अनुसारको काम उनीहरूले मिलेको समयमा गर्ने वातावरण छैन । उनीहरूलाई लचिलो समयको व्यवस्था छैन ।

बच्चाहरू स्वभावतः चञ्चल हुन्छन् । एक ठाउँमा स्थिर भएर बस्न सक्दैनन् । उनीहरूलाई भोक, प्यास, निन्द्रा लाग्छ । बच्चालाई कर्मचारीले आफ्नै खर्चमा तातो पानी, तातो खाना अफिसमा खुवाउन मिल्ने वातावरण छैन । बच्चा निदाएमा सुताउने ठाउँ छैन । खेलाउने खेलौना छैनन् । यदि बच्चा अफिसमा ल्याइहालेमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जसरी नि कार्यालयमा बस्नै पर्ने हुन्छ । उनीहरूलाई भुलाउन आमाहरूले युट्युबमा आउने गीतहरूको सहारा लिनु पर्ने हुन्छ । यसले उनीहरूका आँखा कमजोर हुने सम्भावना छ । कमसे कम कार्यालयमा बालबालिका भुलाउने स्थान, खेल्ने ठाउँ, स्मार्ट टेलिभिजन भएको भए उनीहरूलाई भुलाउन निकै सजिलो हुने र यसले कार्यालयको काममा पनि असर नपर्ने देखिन्छ ।

बन्दाबन्दीले सबैलाई असर गरेको परिवेशमा महिलाहरू र बालबालिकाहरू धेरै अप्ठ्यारोमा परेका छन् । महिलाहरूलाई सबै परिवार घरमा फाल्टु बस्दा बेखर्ची हुनुका साथै अन्य धेरै किसिमका तनाव छन् । बाल बालिकाहरू लामो समय विद्यालय नजाँदा पढ्ने बानी नै छुट्यो । घरमा व्यवस्थापन गर्न गाह्रो छ । कामकाजी महिलाहरू त गृह जिम्मेवारीका साथै अफिसियल र बाह्य जिम्मेवारीसमेत बहन गर्नु पर्ने जिम्मेवारी रहेको छ ।

बच्चा हुर्काउनु हरेक आमाको कर्तव्य हो । मानिस वा अन्य प्राणी सबैले आफ्नै प्रकारले बच्चा हुर्काएका हुन्छन् । सगोलको परिवारमा बच्चा हुर्काउन खासै समस्या नहुने रहेछ । तर एकल परिवारमा वा एक्लै १०–५ अफिस जाने आमालाई भने महाभारत । सँगै ल्याऊ अफिसमा काम गर्न दिँदैनन्, खाजा समयमा खान पाउँदैनन्, सुत्न पाउँदैनन्, खेल्न पाउँदैनन् । नल्याऊँ कहाँ छोडेर आउने मन भरी पिर चिन्ताको भारी । तातो दूध निलौँ की ओकलौँ हुने । अझ यो कोभिडको महामारीको बेलामा कार्यालयमा ल्याउँदा बच्चाको चकचके बानीले कता कता छुन्छन् । नल्याऊँ कहाँ छोड्ने ? ज्युँ त्युँ मन्टेस्वरीमा वा स्कुलमा पठाएर अफिस म्यानेज गरेका आमाहरूलाई ती पनि बन्द भएर निकै अप्ठ्यारो परेको छ ।

कामकाजी महिलाहरूलाई आफ्नो कार्यालयको कार्यभार, कार्य बोझ बच्चा म्यानेज गर्न समस्या परिरहेको छ । यस विषयमा महिला भएका कारण कामबाट पनि निकालिनु परेका थुप्रै उदाहरण छन् । महिलाहरू क्षमतावान् छन् । आफूलाई दिएको कार्य विवरण अनुसारको काम सममयमा सम्पन्न गरेका छन्। कोरोना महामारीको समयमा साना बच्चा कम्तीमा ५ वर्षसम्मका हुने आमाहरूलाई लचिलो समयको व्यवस्थापन सबै कार्यालयहरूले गरिदिए कार्यमा चुस्तता आउने थियो । स्वस्थ्य वातावरणमा हुर्किन पाउने बाल अधिकारको संरक्षण हुने थियो । कार्यालयहरूमा प्रत्यक्ष जनसम्पर्कका काम कम भइरहेका छन् । अन्य अनलाइन गर्न मिल्ने काम घरैबाट पनि गर्न मिल्छ । त्यसको लागि घरैबाट काम गर्ने आदेश पनि जारी गर्न सकिन्छ ।

कुम्लो कुटुरो बोकेर बाहिर गएर हालै गाउँमा आएकाहरूलाई त्यहीँ अड्याउन सके । बाझिएका जमिन जोत्न र चुहिने घर पोत्न सके नेपाल समृद्ध हुनेछ । सङ्घ प्रदेशदेखि स्थानीय तहसम्म हरेक कार्यालय बाल मैत्री र महिला मैत्री हुनु आवश्यक देखिन्छ । कार्य वातावरण महिला मैत्री हुनु आवश्यक छ । महिलाहरू हुन वा पुरुषहरू सबैलाई बन्दाबन्दीले, आर्थिक मन्दीले असर पारेको छ । कोभिड १९ले सबैलाई गलाएको छ । धेरैलाई थलाएको छ । यसबाट बाहिर निस्किन आत्म विश्वासको साथ काम गर्नु पर्ने आजको आवश्यकता हो ।

नेपाललाई समृद्धिको मार्गमा लैजानको लागि अहिले यो महामारीका अवसरहरूलाई समाएर देशका युवा शक्तिलाई यहीँको माटो जोताइ घर पोताइ अगाडी बढ्नु आवश्यक देखिन्छ । समन्याय मूलक समाज न्यायपूर्ण कार्यस्थल, बाल मैत्री कार्य वातावरण आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस